Comments Add Comment

अन्तिम ओभरमा जयदेवको हृयाट्रिक, हैदराबादमाथि पुणेको रोमाञ्जक जित

२३ बैशाख, काठमाडौं । अन्तिम ओभरमा जयदेव उनादकटले हृयाट्रिक विकेट लिएपछि इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा राइजिङ पुणे सुपरजाइन्टले सनराइजर्स हैदराबादमाथि १२ रनको रोमाञ्जक जित हात पारेको छ ।

हैदराबादमा १४९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो र ४ विकेट बाँकी नै थियो । तर, जयदेव उनादकटलाई बलिङमा पठाउने पुणेको निर्णय निकै सही सावित भयो । उनले लगातार विकेट लिँदै हृयाटि्रक गरे ।

अन्तिम ओभरको दोस्रो बलमा विपुल शर्मालाई बेन स्टोकको हातबाट क्याच गराएका उनाले तोस्रो बलमा सरिद खानलाई पभेलियनको बाटो देखाए । चौथो बलमा भुवनेश्वर कुमारलाई आउट गर्दै उनले हृयाटि्रक विकेट लिए । बाँकी दुई बलमा पनि रन नदिएका उनले अन्तिम ओभरमा हृयाटि्रक मेडन बल फाले र पुणेलाई १२ रनको रोमाञ्चक जित दिलाए ।

हैदराबादका युवराज सिंहले ४७ र डेभिड वार्नरले ४० रन बनाए । शिखर धवनले १९ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

जयदेव उनादकटले हृयाट्रिकसहित ५ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो । उसका लागि बेन स्टोक्सले ३९ रन बनाउँदा कप्तान स्टिभ स्मिथले ३४ र महेन्द्र सिंह धोनीले ३१ रनको योगदान दिए ।

यो जितसँगै पुणे १२ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ भने चौथो स्थानमा रहेको हैदराबादको १३ अंक छ । शीर्ष स्थानको मुम्बई इण्डियन्सको १० खेलबाट १० र तेस्रो स्थानको कोलकत्ता नाइट राइडर्सको ११ खेलबाट १४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment