Comments Add Comment

क-कसले पाए राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मान ?

वरिष्ठ पत्रकारहरू मदनमणी दीक्षित, नारायणप्रसाद शर्मा, विश्वबन्धु भण्डारी र कृष्णा ताम्राकार (वायाँबाट क्रमश:) ।

२४ वैशाख, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ । बरिष्ठ पत्रकार सम्मान पाउने अन्य पत्रकारमा दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी छन् ।

त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको पुरस्कार यसपपटक चारजनालाई दिइएको हो ।

राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।

दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यो पुरस्कार वितरण हुँदैछ । नेपाल सरकारले अघिल्लो वर्षदेखि गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment