Comments Add Comment

के तपाईं आफ्नो शुक्रकिटलाई मारिरहनुभएको त छैन ?

के तपाइँ आफैले आफ्नो शुक्रकिटको हत्या गरिरहनुभएको त छैन ? चर्चित जर्नल बिएमजे ओपनका अनुसार हरेक चारजनामा एक जना युवाको शुक्रकिटको गुणस्तर कमजोर छ । पूरा विश्वमा शुक्रकिटको क्वालिटीमा गिरावटको समस्या देखिइरहेको छ ।

विशेषज्ञहरुका अनुसार यसको कारण भनेको जागिर, जिवनशैली तथा केही खास रसायनहरु हुन् ।

शुक्रकिटको गुणस्तरमा गिरावटको कारण प्रजनन शक्तिमा कमी आउँछ । के तपाइँको जिवनशैली पनि कहीँ यस्तो त छैन, जसले शुक्रकिटलाई नोक्सान पूराइरहेको छ ?

एक विश्वव्यापी समस्या

बिएमजे ओपनको रिपोर्ट अनुसार शुक्रकिटको गुणस्तरमा लगातार गिरावटको कारण २० प्रतिशत जोडीहरु प्रजननको समस्यासँग जुधिरहेका छन् । यो कुनै एकमात्र देशको समस्या होइन, पूरा विश्वको समस्या बनिरहेको छ ।

१९८९ देखि २००५ को बीचमा फ्रान्सेली पुरुषहरुको स्पर्म काउन्ट अर्थात् विर्यमा शुक्रकिटको औषत संख्यामा एक तिहाइले गिरावट आएको छ । पछिल्लो १५ वर्षमा चिनिया पुरुषहरुको स्पर्म काउन्टमा पनि भारी गिरावट आएको छ ।

आखिर शुक्रकिटमा यस्तो गिरावट किन आइरहेको छ ? ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनका अनुसार यदि तपाइँ हप्तामा २० घण्टा वा त्यो भन्दा धेरै समयसम्म टेलिभिजन हेर्नुहुन्छ भने सतर्क हुनुहोस् । शुक्रकिटको गुणस्तरमा आउने गिरावट र टेलिभिजन हेरिरहने बानीबीच सिधा सम्बन्ध छ ।

आर्काइभ अफ इन्टरनेशनल मेडिसिनका अनुसार मोटोपन पनि पुरुषको शुक्रकिटको सत्रु हो । सामान्य वजनवाला पुरुषको तुलनामा मोटोपना भएका पुरुषको शुक्रकिट न्यून गुणस्तर को हुन्छ । ४२ प्रतिशत मोटा मानिसहरुको शुक्रकिट खराब हुन्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिनु तथा व्यायामलाई आफ्नो दैनिक जिवनको हिस्सा बनाउनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

जागिरको कारणले पुरुषको दिनचर्यामा जो फरक पर्दछ त्यसको पनि मूल्य चुकाउनु पर्दछ । इन्टरनेशनल जर्नल अफ फर्टिलिटी एण्ट स्टर्लिटीका अनुसार सरसफाइ गर्ने मजदुर तथा खाना पकाउने शेफहरु यो विषयमा सबैभन्दा धेरै असुरक्षित हुन्छन् । उनीहरुमा शुक्रकिटको गुणस्तरसँग जोडिएको जोखिम सबैभन्दा धेरै हुन्छ ।

साइन्टिफिक रिपोर्ट २०१५ का अनुसार शुक्रकिटको गुणस्तर कम गर्नमा बिसफिनो ए -बिपिए) नामक रसायनको पनि हात रहन्छ । बिपिए हाम्रो घरमा प्रयोग गरिने विभिन्न सामानहरु, जस्तै प्लास्टिक तथा कस्मेटिक चिजहरुमा पाइन्छ ।

बिपिएको अधिक मात्राले शुक्रकिटको डिएनएमा असर पुर्‍याउँदछ , जसले स्वतः शुक्रकिटको गुणस्तरमा गिरावट ल्याउँछ ।

हाम्रो आधुनिक जिवनशैली, आहार तथा वातावरणका कारण पनि हाम्रो प्रजनन स्वास्थ्य र शुक्रकिटको गुणस्तर बिगि्ररहेको छ । अब समय आएको छ की यो विषयमा आलटाल गर्न छाड्नुहोस् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment