Comments Add Comment

१५ बलमा ५० रन ! सुनिलले भेट्टाए युसुफ पठानको रेकर्ड

२४ बैशाख, काठमाडौं । कोलकत्ता नाइट साइडर्समन सुनिल नारायणले नयाँ रेकर्ड बनाएका छन् ।

बैङ्ग्लोर रोयल च्यालेन्जर्सविरुद्धको खेलमा उनले मात्र १५ बलमा ५० रन बनाउँदै युसुफ पठानको रेकर्डसँग बराबरी गरेका छन् । पठानले २०१४ मा सनराइजर्स हैदराबादविरुद्ध १५ बलमा ५० रन हान्दै रेकर्ड बनाएका थिए ।

सुनिल नारायणले अर्धशक बनाउने क्रममा पाँच चौका र चार छक्का हानेका थिए ।

आइतबार नै अर्को रेकर्ड पनि बनेको छ । कोलकत्ताले ६ ओभरमा १०५ रन बनाउँदै आईपीएलको इतिहासमा पावर प्लेमा सर्वाधिक रनको रेकर्ड बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment