Comments Add Comment

नियमित काममा प्रधानन्यायाधीश, आइतबार के गरिन् ?

२५ वैशाख, काठमाडौं । महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालतमा फर्किइन् । तर, उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाड गरिन् । न्यायाधीशहरुका लागि एकल र संयुक्त गरी नौवटा इजलास ताकेर उनी आफू भने कार्यकक्षमा फाइल हेरेर समय बिताइन् ।

सर्वोच्चमा सधैं चमक देखिने उनको अनुहार आइतबार अलि उदास थियो । अपराह्न ३ः४० मा उनी सर्वोच्चबाट बाहिरिइन् ।

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली कामु प्रधानन्यायाधीश तोकिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment