Comments Add Comment

म्यानचेष्टर युनाइटेडको अपराजित यात्रामा पूर्णविराम


२५ बैशाख, काठमाडौं । आर्सनलले म्यानचेष्टर युनाइटेडको २५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ र प्रिमियर लिगको शीर्ष चारमा सम्भावना कायमै राखेको छ ।

सोमबार भएको खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० को जित हात पारेको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५४ औं मिनेटमा जाकाले गोल गरे ।

तीन मिनेटपछि नै थियो वालकोटले गोल गरेपछि आर्सनल २-० को अग्रता लिन सफल भयो । खेलमा थप गोल हुन सकेन र आर्सनल २-० ले विजयी भएको छ ।

जितपछि आर्सनलको ३४ खेलबाट ६३ अंक भएको छ र छैटौं स्थानमा छ भने ३५ खेलबाट ६५ अंक जोडेको म्यानचेष्टर युनाइटेड पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment