Comments Add Comment

सगरमाथाको फेदीमा यसरी भयो अमेरिकी जोडीको बिहे, हेर्नुस् मनमोहक तस्वीर

 

आफ्नो विवाहलाई अविस्मरणीय एक अमेरिकी जोडीले रोमाञ्चक प्रयोग गरेका छन् । उनीहरु क्यालिफोर्नियादेखि हजारौं माइलको यात्रा गरेर नेपाल आए, अनि सगरमाथाको फेदीमा पुगेर एक-अर्कालाई जीवनभरका लागि अपनाए ।

३५ वर्षीय जेम्स सिस्सोम र ३२ वर्षीया एस्ले स्कमाइडरले एक वर्ष अगाडिदेखि यस्तो बिहेको योजना बुनेका थिए ।

समुद्री सतहबाट १७ हजार फिट उचाईमा रहेको सगरमाथाको आधार शिविरमा अत्यधिक चिसो परिवेशबीच औंठी साटासाट गरेर उनीहरुले आफ्नो योजना साकार बनाए ।

एस्लेले भनिन्, ‘हामी दुवै घुमघामका सौखिन हौं र १४ हजार फिट उचाईसम्मको अनुभव लिएका छौं । तर, सगरमाथा आधार शिविरमा ट्रेकिङ गर्नु शारीरिक तथा मानसिक रुपमा एकदमै चुनौतिपूर्ण हुनेछ भन्ने हामीले बुझेका थियौं ।’

उनले अगाडि भनिन्, ‘हामी दुवै परम्परागत विवाहका पारखी थिएनौं, त्यसैले आफ्नो विवाहलाई सदा स्मरणीय बनाउन यस्तो योजना बुन्यौं ।’

विवाह नितान्त अनौपचारिक ढंगले गरिएको भए तापनि उनीहरु दुलाहा र दुलहीकै पोशाकमा थिए ।

क्यालिफोर्नियाबाट आएका फोटोग्राफर चार्लेटोन चर्चिलले यो अविष्मरणीय विवाहलाई क्यामरामा कैद गरे । केही तस्वीरहरुलाई डेलीमेलले प्रकाशित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment