Comments Add Comment

बर्षाको स्टाइल

नायिका बर्षा सिवाकोटीको सुन्दरतामा भुतुक्कै हुने धेरै होलान् । केहीलाई उनको स्टाइल मनपर्ला त केहीलाई उनको सुन्दरता । नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी यी सुन्दरी अझै पनि सफलता पछ्याइरहेकी छिन् । तर, भनेजस्तो सफलता नपाउँदा उनलाई हैरानी पनि हुन्छ ।

उनी अभिनित चलचित्र ‘कारखाना’ असारमा रिलिज हुँदैछ । चलचित्रको व्यापार उनका लागि विशेष छ । कहिले चलचित्र छाडेको त कहिले नगरेको जस्ता कुराले बर्षालाई चलचित्र बजारमा केही घाटा त लागेको छ । तर, उनी आफूले काम गरे अनुसार सफलता पाउनेमा ढुक्क छिन् ।

एक कार्यक्रममा स्टाइलिस्ट पाइन्ट लगाएर पुगेकी सुन्दरीले अनलाइनखबरका लागि श्रीधर पौडेलको क्यामेरामा विभिन्न स्टाइलमा तस्बिर खिचाइन् ।


नायिका सिवाकोटीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment