Comments Add Comment

बच्चालाई कसरी सिकाउने घरको काम ?

बच्चाहरु स्वभावैले आफूभन्दा ठूलाले गरेको कामको सिको गर्न खोज्छन् । जानेर होस् वा नजानेर कुचो लगाउने, भाँडा बर्तन सफा गर्ने, जुत्तामा पोलिस गर्ने, कपडा धुने, खेलौना मिलाउने, ओछ्यान लगाउने, तरकारी काट्ने जस्ता काम गर्न खोज्छन् । उनीहरुको यस्तो काममा बालसुलभ चञ्चताल पनि झल्कन्छ ।

यद्यपी बच्चाको बुवाआमाले अक्सर बच्चालाई आफुखसी काम गर्न दिदैनन् । किनभने बच्चाको काममा परिपक्कता हुँदैन । त्यही कारण अभिभावकले आफ्नो बच्चाले घरायसी कामको अभ्यास गरेको रुचाउँदैनन् । बरु, त्यसो गर्नुभन्दा खेल्नु, पढ्नु, होमवर्क गर्नुमा जोड दिन्छन् ।

काम गर्न दिनुहोस्

यदि बच्चाले घरायसी काममा चासो राख्छ र त्यस्तो काम गर्ने अभ्यास गर्छन् भने बच्चालाई रोक्ने होइन, सहभागी गराउनुहोस् । बच्चाले राम्रोसँगले काम गर्न सक्दैनन् । तर, त्यसले उनीहरुमा धेरै फाइदा पुर्‍याइरहेको हुन्छ ।

यदि बच्चाले तपाईसँग भान्सामा तरकारी काट्न चाहन्छ, वाथरुममा लुगा धुन चाहन्छ भने उसलाई काम गर्न दिनुहोस् । साथसाथै, ति काम कसरी गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

कस्ता काम गर्न दिने ?

बच्चालाई घरमा त्यस्ता काम गर्न दिनुपर्छ, जो उसको निम्ति सहज र रमाइलो होस् । बच्चाले कुनैपनि काम गर्दा त्यसबाट मनोरञ्जन लिने हो । यो कुरालाई अभिभावकले बुझ्नुपर्छ । घरको सानोतिनो काम गर्न बच्चालाई प्रेरित गर्नुपर्छ र उचित मार्गदर्शन दिनुपर्छ । यद्यपी त्यस्ता कामले उसलाई मानसिक तथा शारीरिक रुपले असर गर्नु हुँदैन ।

के हुन्छ फाइदा ?

– पढाई, शिक्षकको असाइन्मेन्ट, होमवर्क जस्ता कुराले बच्चा दिक्क भएका हुन्छन् । उनीहरु घरायसी काम गर्न पाउँदा उन्मुक्त भएको महषुस गर्छन् ।

–     कार्टुन हेर्ने, भिडियो गेम खेल्ने जस्ता लत हट्ट ।

–     व्यवहारिक शिक्षा हासिल गर्छन् । कुनैपनि काम गर्दा त्यसलाई कसरी राम्रो गर्ने भन्ने कुरा व्यवहारिक रुपमै आर्जन गर्छन् ।

–     श्रम गर्न सिक्छन् । यसले उनीहरुलाई व्यवहारिक पनि बनाउँछ ।

–     सहयोगको भावना विकास हुन्छ । अरुलाई मद्दत गर्नुपर्छ भन्ने कुरा महसुष गर्छन् ।

–     परिवारसँग घुलमिल हुन सिक्छन् । यसले उनीहरुको एक्लोपन हट्छ ।

कुन उमेरमा काम गर्न दिने ?

बच्चालाई काम गर्न सिकाउने भन्दैमा जबरजस्ती कामको भार लाद्नु हुँदैन । उनीहरुको शारीरिक र मानसिक क्षमता अनुसारको काम गर्न प्रेरित गर्नुपर्छ, जसमा उनीहरु रमाउँन पनि सक्छन् ।

स्याबासी दिनुहोस्

जब बच्चाले घरासयी काममा सघाउँछ वा काम गर्ने रहर गर्छ भने उनीहरुलाई स्वतन्त्र छाडिदिनुपर्छ । साथै बच्चाले आफ्नो काम जिम्मेवारीपूर्वक र राम्रो ढंगले सम्पन्न गर्ने प्रयास गर्छ भने उसलाई स्याबासी दिनुहोस् । वा पुरस्कृत पनि गर्न सकिन्छ । यसले उनीहरुमा राम्रो काम गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ र कर्मप्रति विश्वास पनि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment