Comments Add Comment

श्रीलंकाले पनि भारु ६५ मै किन्दैछ भारतसँग एलइडी बल्ब

दुई देशको सहमति अनुसार भारतले श्रीलंकालाई पठाएको खरिद प्रस्ताव

२६ वैशाख, काठमाडौं । भारतीय सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईसएसएल) ले श्रीलंका सरकारलाई पनि भारु ६५ मै एलइडी बल्ब बेच्न लागेको छ ।

नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब किन्न लागेको भारतीय कम्पनीसँग नै श्रीलंकाले पनि नेपालले किन्न लागेकै रेटमा बल्ब किन्ने भएको छ ।

गत मार्चमा सिलोनमा ईईएसएसएलका प्रतिनिधीसहित श्रीलंकाका लागि भारतीय राजदुत र श्रीलंकाली उर्जा मन्त्रीबीच एलइडी बल्बको खरिदको बिषयमा छलफल भएको थियो । १७ मार्चमा सम्पन्न भएको बैठकले भारतबाट १ करोड एलइडी बल्ब खरिद गर्ने टुंगो लगाएको थियो ।

अहिले इएसएसएलले श्रीलंकालाई ६५ भारुमा नै ९ वाटको बल्ब उपलब्ध गराउने प्रस्ताव पठाएको छ । भारतको उर्जा मन्त्रालयका आर्थिक सल्लाहकारले भारतस्थित श्रीलंकाली राजदूतलाई लेखेको पत्रमा ६५ भारुमा नै बेच्न लागेको उल्लेख गरेका छन् ।

नेपालमा पनि अहिले ईईसएसएलले भारु ६५ नै एलइडी बल्ब बेच्न लागेको छ । तर सामाजिक सञ्जालमा भने यो ३८ रुपैयाँमै प्राप्त हुने भएपनि कमिसन खाएर ६५ भारुमा खरिद गर्न लागेको भन्दै उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चर्को आलोचना भएको छ ।

घिसिङ भने यो आरोप निराधार रहेको बताउँछन् । साथै उनले नेपालले जस्तै अन्य देशले पनि सोही मूल्यमा नै एलइडी बल्ब खरिद गर्न लागेको बताउँछन् ।

उनले भने ‘श्रीलंकाले पनि ६५ भारुमै खरिद गर्न लागेको छ, साथै ईईसएसएलले बेलायतलाई पनि ५ पाउण्डमा पठाउँदैछ ।’

ईईसएसएलका अधिकारीहरुका अनुसार भुटान, बंगलादेश, श्रीलंका र नेपालमा यसले अहिले एलइडी बल्ब बेच्ने प्रक्रिया अघि बढाएको छ ।

नेपालसिहत यि सबैदेशले प्रति एलइडी बल्बका लागि भारतीय कम्पनीलाई भारु ६५ तिर्नेछन् । तर, नेपाल भित्रिँदा केही सरकारी करहरु जोडिनेछ ।

यस्तो करहरुसहित यो बल्ब नेपाली बजारमा १ सय ३५ देखि १ सय ४० रुपैयाँसम्म पर्ने अनुमान छ । अहिले बजारमा यो बल्ब  ३ सय ५० देखि ४ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

भारतमा पनि उजाला स्किमबाट यही कम्पनी बल्ब नकिन्ने हो भने भारतीयले बाहिर बजारमा भारु २ सयसम्म तिरिरहेका छन् । चर्चित अनलाइन सपिङ साइट अमेजन डटकममै ९ वाटकाे फिलिप्स बल्बको मूल्य १ सय माथि राखिएको छ ।

भारतमा ईईएसएलले फिलिप्स र ओस्रामसँग मात्रै एलईडी बल्ब खरिद गर्दै आएको छ । यि दुबै कम्पनी विश्वबजारमा गुणस्तरीय एलइडीका उत्पादक मानिन्छन् ।

ओस्राम जर्मनी एलइडी उत्पादक कम्पनी हो भने फिलिप्स नेदरल्याण्डमा मूख्य कार्यालय रहेको कम्पनी हो । सोही कम्पनीका बल्बलाई नै ईईएसएलले नेपाललाई उपलब्ध गराउन लागेको छ ।

योजना अनुसार नेपालले २ करोड लिड बल्ब खरिद गर्दा २ सय मेगावाट बिजुली बच्ने प्राधिकरणको दाबी छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार अहिले खरिद गर्न लागिएको २ करोड बल्बहरु ७ र ९ वाटका हुन् । यो खरिद गर्नको लागि २ अर्ब रुपैयाँ लाग्छ ।

यदि एलइडी बल्ब वितरण गर्न सक्ने हो भने २ सय मेगावाट बिजुलीको लोडसँगै राज्यको ४० अर्ब रूपैयाँ बचत हुने प्राधिकरणको तर्क छ ।

२ सय मेगावाटको आयोजना बनाउनको लागि राज्यको झण्डै ४० अर्ब भन्दा बढि रकम खर्च हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुस्

भारतीय कम्पनीले भन्यो-नेपाललाई बेच्ने बल्बको मूल्य भारु ६५ नै हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment