Comments Add Comment

काठमाडौंका भित्री शहर मृत भइसके, गरीबलाई बाँच्न गाह्रो छ

अब काठमाडौंमा किन आउने ? केका लागि आउने ?

काठमाडौं महानगरपालिकालाई विभिन्न कोणबाट हेर्नुपर्छ । नयाँ संविधानले स्थानीय तहमा धेरै अधिकार दिएको छ । काम गर्न धेरै क्षेत्र छ । काम गर्ने ठाउँ पनि खुला हुन्छ । अब आउने स्थानीय तहको नेेतृत्वले ठूलो अधिकारको अभ्यास गर्छ । अब हरेक निकायबाट बाँधिनुपर्दैन । हिजो हामी जति बाँधिएका थियौं, अब त्यो अवस्था छैन । हिजोको कार्यकारीजस्तो बाँधिनुपर्दैन ।

हिजोका दिनमा किन गर्न सकिएन भन्ने प्रश्न पनि आउँछ । तर, हिजो के थियो भने कार्यकारी एक्लो हुन्थ्यो । हिजो दैनिक कार्य सम्पादनमै केन्द्रित  हुनुपथ्र्यो । अब यो अवस्था हटेको छ ।

भवन, कर्मचारी लगायतका समस्या सामान्य हुन् । यिनले सर्पोट मात्रै गर्ने हो । सबैभन्दा ठूलो त भिजन नै चाहिन्छ । अनि त्यही अनुसारको नीति र कार्यक्रम पनि चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न त्यही अनुसारको बजेट बनाउनुपर्छ ।

हिजो काठमाडौं महानगरपालिकामा म जाँदा १८ करोड रुपैयाँ थियो । मैले छाड्दा राजस्व उठ्ने दर बढेर १ अर्ब बढी भयो । एउटै पत्रका आधारमा एकैपटक अर्थमन्त्रालयबाट ७८ करोड रुपैयाँको कमिटमेन्ट आएको थियो । त्यसैले यहाँ काम गर्न पैसाको समस्या हुँदैन । भवनले ठूलो समस्या पर्दैन । आवश्यक भवन बनाउन सकिन्छ । महानगरपालिकामा कर्मचारीले पनि ठूलो समस्या पर्दैन । त्यहाँ करिब २ हजार कर्मचारी छन् । केन्द्रीय तहबाट र विभिन्न विधेयकबाट समायोजन भएर पनि त्यहाँ कर्मचारी पुग्छन् । अहिलेका कर्मचारी अहिलेकै तहमा रहँदैनन् ।

अबका लागि आवश्यक त भिजन नै चाहिन्छ । काठमाडौं शहरलाई कस्तो बनाउने भन्ने भिजन र त्यसै अनुसारको रणनीति पनि चाहिन्छ । त्यसका लागि योजना चाहिन्छ । भिजन भएको मान्छेलाई बजेटले समस्या पर्दैन । तर, अब काठमाडौं शहरलाई कस्तो बनाउने भन्ने ब्रोडर भिजन चाहिन्छ ।

भित्री शहर मृत भइसके, तिनलाई जगाऔं

काठमाडौंका भित्री शहरहरु मृत प्रायः भइसके । हिजोका दिनको रीतिरिवाज, चहल-पहल र बजार त्यहाँबाट हटिसके । त्यहाँ आर्थिक गतिविधि शून्य भयो । अब त्यसलाई जगाउनुपर्‍यो ।

त्यहाँ आर्थिक गतिविधि बढाउन यातायातको सुविधा पुर्‍याउनुपर्‍यो । खानेपानी, ढल, बिजुलीको राम्रो व्यवस्थापन गर्नुपर्‍यो । अब एकीकृत बस्ती बन्नुपर्‍यो । त्यो भयो भने काठमाडौंमा २०/२५ वटा भित्री शहरमा राम्रा आर्थिक केन्द्र बन्न सक्छन् ।

भित्री शहरको मौलिकता जोगाएर आर्थिक केन्द्र बन्ने गरी ४/५ सय परिवारलाई एकीकृत रुपमा मर्ज गरेर आवास बनाइयो भने त्यसले त्यहाँको पुरातात्विक महत्व बढ्छ र स्थानीयले पनि पर्यटनका माध्यमबाट लाभ पाउँछन् ।
अहिले पनि असन, इन्द्रचोकलगायतका भित्री शहरका चोक र गल्लीमा ५२ प्रतिशत जमीन अहिले पनि खाली छ । त्यसलाई एकीकृत बस्तीका रुपमा विकास गरेर यस्ता स्थानको चहल- पहललाई जगाउनुपर्छ । त्यहाँको आर्थिक गतिविधि बढाउनुपर्छ ।

काठमाडौंमा पार्किङको समस्या उस्तै छ । अब अण्डरग्राउण्ड पार्किङको सम्भाव्यता अध्ययन भइसकेको छ । बहु तले पार्किङको पनि काम अघि बढ्न सक्ने अवस्था छ । हिजो मैले अघि बढाएको त्यो पार्किङ प्लान मन् त्रालयमा अन्तिम अवस्थामा छ । हिजो पो मलाई मन्त्रालयले स्वीकृति दिएन, आज म नै मन्त्रालयमा छु । अब आउने नेतृत्वले यसलाई अघि बढाउनुर्‍यो । नेतृत्वले भन्नुपर्‍यो कि मलाई अण्डरग्राउण्ड र बहु तले पार्किङ चाहियो ।

अब काठमाडौंमा किन आउने ? केका लागि आउने ?

काठमाडौंलाई सांकृतिक केन्द्र बनाउन सकिन्छ । तपाईं पोखरामा फेवातल र हिमाल हेर्न जानुहुन्छ । अब काठमाडौं किन आउनुहुन्छ ?

अब गाउँ-गाउँमा सिंहदरबार पुग्दैछ । घर-घरमा सरकारको सेवा पुग्दैछ । अब अन्तर्राष्ट्रिय विमानस्थल पनि उपत्यका बाहिर बन्दैछन् । अब त काठमाडौंले आफ्नो सांस्कृतिक मौलिकता प्रदर्शन नगरे काठमाडौं किन आउने प्रश्न आउन सक्छ ।

हामी संस्कृतिमा धनी छौं । कलाकृतिमा धनी छौं । इतिहास बोकेका पुरातात्विक सम्पदामा धनी छौं । अब यिनैलाई समेटेर पर्यटनमा केन्द्रत हुनुपर्छ ।

मैले मलेसियामा भएको मेयर सम्मेलनमा सहभागी हुँदा त्यहाँको मेलामा नदीका ३ कलिोमिटरमा रिभर क्रुज गरेको थिएँ । त्यहाँको पुरानो संस्कृति र मौलिकतालाई रिभर क्रुज गर्दै हेर्न पाउने कुरा निकै अवश्विसनीय थियो । मलाई त्यतिबेला लागेको थियो, यस्तो रिभर क्रुज किन बाग्मतीमा सम्भव हुँदैन ?

यसैलाई ध्यानमा रााखेर हामीले ९ करोड खर्चेर बाग्मती सम्पदा पथ अघि बढाएका थियौं । त्यसको राम्रो डिजाइन ल्याएका थियौं । काम पनि सुरु भएको थियो । अहिले कुन स्टेजमा छ, मलाई जानकारी छैन । पब्लिकले त्यहाँ त्यति सपोर्ट गरेका थिएनन् । कतिले बाग्मती सडकसहितको कोरिडोर बन्नुपर्छ भन्ने पनि भेटिए । तर, सबैथोक सडक रअग्ला घर मात्रै मात्रै होइन नि । अब बाग्मतीको सभ्यतालाई प्रदर्शन गर्ने गरी योजना बनाउनुपर्छ ।

काठमाडौंका पुरातात्विक सम्पदाको पुनर्निर्माणमा पनि समस्या छ । रानीपोखरी निर्माण अघि बढाउँदा सम्पदाप्रेमी भन्नेहरुको अवरोध रह्यो । कति त माफियाहरु नै हुँदा रहेछन् ।

काष्ठमण्डपको निर्माणका लागि सहमति नबाएर बल्ल-बल्ल टेण्डर गरियो । फेरि टेण्डर गर्नुपर्ने अवस्था आएको थियो । भयो/भएन थाहा छैन । काम गर्ने योजना पनि बने तर, धेरै सम्पदाहरुको पुनर्निर्माण अघि बढाउन समस्या छन् । तर, पनि यसलाई अघि बढाउनै पर्छ ।
कतिपय समस्या त अधिकार क्षेत्र नभएका कारण नै आउँथे । जस्तो भूकम्पपछि भत्किएर दरबार हाइस्कुलको त्यो हालत छ । मलाई त्यो देखेर पीर लागेको छ ।

गरौं न त भन्दा पनि मैले हात हाल्न नपाउने । त्यहाँ दरबार हाइस्कुल संस्कृत माविको द्वन्द्व छ । अब त मेयरले नगरको शिक्षालाई ब्यवस्थापन गर्ने अधिकार राख्छ । अब त्यसलाई पनि बनाउँछु, त्रिचन्द्र कलेज पनि ब्यवस्थापन गर्छु भन्न पाउँछ ।

काठमाडौंमा सडक बत्तीका लागि पनि नमूना काम सुरु गरेका थियौं । सरकारको एक रुपैयाँ पनि खर्च नगरी पीपीपी मोडेलमा सौर्य सडकबत्ति जोड्ने काम अघि बढाएका थियौं । उज्यालो शहरका लागि धेरैकाम सुरु गरिएको थियो । त्यसलाई अब कसरी अघि बढाउने भन्ने जिम्मा पनि मेयरको हुन्छ ।

हामीले रात्रीबस र रात्री बजारलाई सँगसँगै अघि बढाएका थियौं । त्यसका लागि हामीले साझामा पनि लगानी गरेका थियौं । रात्री बजारलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने मनाशयका साथ काम सुरु भएको थियो ।

बेलुका निस्किएर कता जाने त ? ल, काठमाडौंको नाइट लाइफ हेरौं न त भन्ने बनाउनुपर्‍यो । दिउँसोभर काम सकेर निस्किएकाहरुले नाइट लाइफको मज्जा लिन सक्छन् । बेलुकाका काठमाडौंको नाइट लाइफ हेरौं, त्यहाँ किनमेल गरौं, स्टि्रट फूड खाउँ भन्ने किसिमबाट नाइट लाइफ सुरु गराउन काम गर्नुपर्छ ।

हाम्रोमा त नाइट लाइफ भन्नाले ठमेलको जस्तो मसाजपार्ल र नेगेटिभ कुरालाई मात्रै बुझिन्छ । शहरको केन्द्रमा भएका मलले शहरका गरिबलाईत ला दिँदैन नि । नाइट लाइफ विकास गरियो भने शहरिया गरिबले पनि गरीखान पाउँछन् ।

मलमा किनमेल गर्ने संस्कृतिलाई नाइट लाइफले जोड्छ भने शहरिया गरिबलाई केही राहत मिल्छ । शहरका गरिबले सडकमा आफ्नो सीप, परिकार, उत्पादनलाई बेच्छ । नाइट लाइफले वरपरको आर्थिक गतिबिधि पनि बढ्छ । अब आउने मेयरले यसबारे सोच्नुपर्छ ।

भू उपयोग नीति चाहिन्छ

अब काठमाडौंमा भू उपयोग नीति बनाउनैपर्छ । अब कुन ठाउँमा अग्लो घर बनाउने, कुन ठाउँमा ब्यापारिक क्षेत्र बनाउने, कुन ठाउँलाई आवासीय क्षेत्र बनाउने भन्ने टुंग्याउनुपर्छ ।

प्रत्येक घरमा पनि सटर राखेर ब्यापारिक भवन बनाउने अवस्था अब हुनुहँदैन । जहाँ पनि अग्लो बिल्डिङ बनाउन दिन पनि हुँदैन । अब व्यापारिक क्षेत्र, फाइनान्सियल क्षेत्र, एजुकेशनल जोन, आवासीय क्षेत्र र पर्यटकीय क्षेत्र छुट्याउनुपर्छ । अब आउने मेयरले यो गर्नै पर्छ ।

हाम्रो पर्यटकीय क्षेत्रको लिंकेज संस्कृति र सम्पदासँग गर्नुपर्ने छ । ठमेलको पर्यटन होटेलमा मात्रै आधारित भयो । पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुनुपर्ने बौद्ध, स्वयम्भु, पशुपति, हनुमानढोका भने विस्थापित हुने अवस्थामा पुगे ।

अब पर्यटनलाई संस्कृति र सम्पदासँग जोडेर अघि बढाउने जिम्मेवारी पनि मेयरको हुन्छ । अहिले पर्यटकीय सम्पदाको लिंकेज बजारसँग शून्य अवस्थामा छ । अब त पर्यटन र मार्केटलाई जोड्नुपर्छ ।

मेलम्ची आफैं आउँछ, बरु ढलको बारेमा सोचौं

अबको काठमाडौंको मेयरले जनतालाई पानी खुवाउँछु भन्नै पर्दैन । तयार हुनै लागेको मेलम्ची आउने कुरा निश्चित नै छ । अब बरु ढल निकासको प्लान बनाउनुपर्छ । अहिले काठमाडौंमा पानी नै नहुँदा त  वर्षामा ढल थुनिएर जमल डुब्छ, तीनकुने डुब्छ, पुतलीसडक डुब्छ, माइतिघर डुब्छ, मैतिदेवी डुब्छ ।

अब त झन दैनिक १७ करोड लिटर पानी पनि ढलमा आउँछ, त्यसमाथि आकाशको पानी थपिन्छ । हामीसँग त्यसलाई थेग्ने ड्रेनवे सिस्टम पनि छैन, ढल निकास पनि छैन । बाग्मतीले समग्र बाढीको ४० प्रतिशत मात्रै कभर गर्छ । अब व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नैपर्छ । नत्र शहरमा सँधै ढल सडकमै आउँछ ।

गरीखाने ठाउँ बनाऔं

काठमाडौंको अबको प्राथमिकता भनेको व्यवस्थित सडक, ढल, पार्किङ लगायतका पूर्वाधारको कुरा हुनैपर्छ । तर, यतिले नै पर्याप्त हुँदैन । यो भन्दा महत्वपूर्ण कुरा, नागरिकलाई काठमाडौंमा कमाइ गरीखाने र यहाँ बाँच्ने आधार पनि दिने वातावरण बनाउनुपर्छ । अबको मेयरले यी काम गर्नैपर्छ ।

संसारकै सबैभन्दा समृद्धमा गनिने सिंगापुर आफैंमा केही उत्पादन गर्दैन । तर, पनि ऊ विश्वकै सबैभन्दा उत्ृकष्ट बजारमा रुपमा स्थापित छ । काठमाडौंलाई पनि अब त्यस्तै रुपमा विकास गर्नुपर्छ ।

अब यहाँ ठूला-ठूला उद्योग स्थापना गरौंला, ठूला-ठूला चिम्नीवाला कम्पनी खोलौंला र आर्थिक विकास गरौंला भन्ने सपनामा पनि सोच्नु पनि हुन्न । त्यो अबको मेयरको एजेण्डा नै हुन सक्दैन । यहाँ त अब बजारको विकास गर्ने हो ।

अब त यहाँको आर्थिक गतिविधि बढाउने हो । सेवामूलक उद्योगहरुलाई अघि बढाउने हो । अब टुरिज्म, माइक्रो फाइनान्स, माइक्रो इन्टरप्राइजेजहरुलाई प्रवर्द्धन गर्नुपर्‍यो ।

कटेज इण्डस्टि्रजहरुको उत्पादनलाई इन्टरनेशनल ब्राण्डिङ गर्नुपर्‍यो । विश्व बजारमा त्यसलाई मार्केटिङ गर्नुपर्‍यो । मान्छेलाई काठमाडौंमा काम गरेर खान पाइन्छ है भन्ने बनाउनुपर्‍यो ।

काठमाडौंमा हिजो यति तला र ढलान घर भएको भनिएकाहरु आज गरिब हुँदै जाँदैछन् । बाउबाजेका पालामा बनेको घरको अवमूल्यन हुँदैछ । परिवारमा आर्थिक गतिविधि छैन । एक दिन त्यो घरको मूल्य शुन्य हुन्छ । फेरि घर उठाउने अवस्था त छैन । अंशबण्डा भएर इँटा-इँटा भाग लगाइसकेको हुन्छ । त्यसैले जनतालाई आर्थिक गतिविधिमा सक्रिय गराउने गरी योजना बनाएर काम गर्नुपर्छ ।

सडकका कलेज सारौं, गरीबलाई सिटामोल दिऔं

अबको मेयरले लिनेहरुले पूर्वाधारसहित शिक्षा स्वास्थ्य मा पनि ध्यान दिनैपर्छ । अहिले एउटा बिरामीले उपचार गर्न घरखेत बेच्नुपर्ने अवस्था छ । अब शिक्षालाई ब्यापारीकरण हुन दिनुभन्दा सेवामुखी कसरी बनाउने भन्ने योजना बनाउनुपर्छ ।

अबको मेयरले लिनेहरुले पूर्वाधारसहित शिक्षा स्वास्थ्य मा पनि ध्यान दिनैपर्छ । अहिले एउटा बिरामीले उपचार गर्न घरखेत बेच्नुपर्ने अवस्था छ । अब शिक्षालाई ब्यापारीकरण हुन दिनुभन्दा सेवामुखी कसरी बनाउने भन्ने योजना बनाउनुपर्छ ।

अहिले त छोराछोरी पढाउन घर जग्गा बेच्नुपर्ने अवस्था छ । हिजो दिनमा दरबार हाइस्कुल पढ्ने र नन्दीरात्री पढ्नेको क्वालिटी के थियो ? आज हेर्नुस् त तिनिहरुको हालत । हिजोको पद्म विद्याश्रम, कन्या बिद्या मन्दिर, जेपी हाइस्कुल हेर्नुस् त ।

हिजो नाम चलेका स्कुल हैनन् ती ? ललितपुरमा आदर्श विद्या मन्दिरले गर्नसक्छ भने काठमाडौंले किन सक्दैन ? अब त त्यसलाई सुधार्न कटिमेन्ट चाहियो । जोश, जाँगर र योजना चाहियो । त्यसैले यता पनि मेयरले ध्यान दिनैपर्छ ।

अहिले त छोराछोरी पढाउन घर जग्गा बेच्नुपर्ने अवस्था छ । हिजो दिनमा दरबार हाइस्कुल पढ्ने र नन्दीरात्री पढ्नेको क्वालिटी के थियो ? आज हेर्नुस् त तिनिहरुको हालत । हिजोको पद्म विद्याश्रम, कन्या बिद्या मन्दिर, जेपी हाइस्कुल हेर्नुस् त ।

हिजो नाम चलेका स्कुल हैनन् ती ? ललितपुरमा आदर्श विद्या मन्दिरले गर्नसक्छ भने काठमाडौंले किन सक्दैन ? अब त त्यसलाई सुधार्न कटिमेन्ट चाहियो । जोश, जाँगर र योजना चाहियो । त्यसैले यता पनि मेयरले ध्यान दिनैपर्छ ।

अहिले राजधानीका सडकमा क्याम्पसहरु छन् । तिनलाई शान्त ठाउँमा लगेर राख्नुपर्‍यो । पढ्ने वतावरण बनाउने जिम्मेवारी पनि निर्वाचित मेयरकै हुन्छ । विद्यालयलाई कसरी ब्यवस्थित गर्ने, शहरी स्वास्थ्य केन्द्रहरुको विकास कसरी गर्ने भन्ने योजना पनि बनाउनुपर्‍यो ।

शहरी गरिबलाई झाडापखाला लाग्दा ज्वरो आउँदा जीवनजल भनेका बेलममा उसको हातमा पुग्ने वातावरण कसरी बनाउने ? त्यता पनि ध्यान दिनुपर्‍यो ।

नयाँ मार्केट सेन्टरहरु खोल्नुपर्छ

अब काठमाडौंमा मार्केट सेन्टरहरुलाई परिवर्तन गर्दै अघि बढ्नुपर्ने मैले देखेको छु । अब नयाँ ठाउँमा लिंकेज गर्नुपर्छ । नयाँ बसपार्क अब अन्तर्राष्ट्रिय स्तरको बन्दैछ । अब बसपार्क र बालाजु क्षेत्र अली खुल्ला छ । त्यही छेउमा चमतीमा जग्गा एकीकरण भइरहेको छ ।
अब ठमेलको पर्यटनलाई त्यता किन नलाने ? नजिकै बसपार्क छ, नजिकै स्वयम्भु छ, त्यसको नजिकै हनुमानढोका पर्छ । अब कन्जस्टेड एरियाका बजारलाई अली खुला ठाउँमा डाइभर्ट गर्नुपर्छ । अब हिजो डे-टु डेमा गरिरहेको भन्दा फरक ढंगले काम गर्नुपर्छ । अधिकार पनि त्यसका लागि पर्याप्त नै हुन्छ ।

हामीले सारेका केही ठूला योजनाहरु पनि छन् । नयाँ स्ट्रक्चरहरु जस्तै स्टिल स्ट्रक्चर, फोहोरबाट बिजुली लगायत टेस्ट भइसके । ०५६ देखि फोहोरबाट मोहोर भन्ने सुन्दै आएका हामीले फोहोरबाट ग्यास निकालेर त्यसको टेस्ट त गर्‍यौं नि । अबको नयाँ पुस्ताले त्यसलाई अघि बढाउन सक्नुपर्‍यो ।

बाग्मती सम्पदापथ, खानेपानीको पाइपलाइन र ढलको व्यवस्थापन लागि आउटलाइन भइसकेको छ । सडकबत्तीका लागि काम सुरु भइसक्यो । यी कामलाई अघि बढाउनुपर्‍यो ।

अब शहरमा आर्थिक गतिबिधि बढाएर लैजाने, संयुक्त कामहरु गर्ने, पीपीपी मोडेलमा केही काम गर्ने हो भने काठमाडौं हेर्न र बस्न लायक शहर त बन्छ-बन्छ ।

हामीले आउटर रिंगरोड अघि बढाएका छौं । केही वर्ष धुँवा धुलो त उड्ला । तर, केही वर्षपछि त आशा लाग्दो शहर बन्छ । त्यसपछि जनताले त्यसपछि घर नबाएर, अपार्टमेन्ट भाडामा लिएर बस्न सक्नेपनि बनाउनुपर्‍यो । घर बनाएर मात्रै हुँदैन । नागरिकलाई चिया बेचेरै भए पनि आनन्दले खाना खानसक्ने वातावरण बनाउनुपर्‍यो ।

पूर्वाधार मात्रै बनाएर मात्रै हुँदैन । अबको मेरको काम भने आर्थिक गतिबिधि बढाउने पनि हो । शहरी गरिब लक्षित गरी कार्यक्रम ल्याउनुपर्छ ।

फोहोर, ट्राफिक जाम र हरियाली काठमाडौं

काठमाडौंको फोहोर ब्यवस्थापनको एजेण्डा पनि हुन सक्छ । मास ट्रान्सपोर्टेशनको लागि पनि तीनवटा मोडल आएका छन् ।
उपत्यकाको फोहोरमैला एकीकत रुपमा व्यवस्थापन गर्ने गरी निर्णय हुन लागेकाले त्यो पनि ठूलो समस्या हुनेछैन । अबको नेतृत्वले सम्हाल्दासम्म मन्त्रिपरिषदले त्यसको निर्णय गरिसक्छ होला । फोहोर व्यवस्थापन पनि अब ठूलो मुद्दा हुने अवस्था छैन ।

पहिलो नगर बस, दोस्रो मोनो वा मेट्रो रेल र तेस्रो गोण्डला ट्रान्सपोर्टेशन । गोण्डला भन्नाले केलबकार जस्तो हुन्छ, नदीमा पनि बोटिङमार्फत पनि गर्न सकिन्छ । यी मोडलबाट पनि शहरी यातायातमा सुधार गर्न सकिन्छ ।

बाग्मती र बिष्णुमतीमा कोरिडोर बन्दैछन् । अब ती कोरिडोरमा रुख बिरुवा रोपेर हरियाली प्रवर्द्धनका लागि पनि काम गर्नुपर्‍यो ।

त्यसैगरी महानगरभित्रका खाली, सार्वजनिक पर्ति जग्गाको संरक्षणमा पनि ध्यान दिनुपर्ने अवस्था छ । सरकारी तवरबाटै विभिन्न समिति र संस्थाका नाममा टहरा बनाएर कब्जा गर्ने क्रम बढ्दो छ । अब सार्वजजिक जग्गाको लगत महानगरपालिकाले नै राख्नुपर्छ । त्यसैले यस्ता खाली ठाउँको संरक्षण गर्ने ब्यवस्था गर्नुर्‍यो ।

अब त घरको काठमाडौंको मौलिकताअनुसार घरको फेस यस्तो बनाउँ भनेर मापदण्ड नै बनाए पनि हुन्छ । यो क्षत्रेमा यति तलाभन्दा बढीको घर नबनाऊ, घरमा रंग नै पनि यस्तो लगाउ भनेर महानगरपालिकाले भन्न सक्छ ।

हिजो पो म नेपाल सरकारको सह-सचिव थिएँ र त्यो भन्न सक्दैनथेँ । अब त जननिर्वाचित मेयरले यस्ता मापदण्ड ल्याउन सक्छ । अब शहरलाई हेर्न र बस्न योग्य बनाउन यस्ता योजना ल्याउनुपर्छ ।

काठमाडौं कस्तो बनाउने ? कसरी बनाउने ?

सफा, सुन्दर, शान्त र समृद्ध त बनाउने त भनियो । तर, कसरी बन्छ ?

मैले त्यहाँ बसेर भोगेको ठूलो समस्या के हो भने बेलैमा कामै नहुने । महानगरपालिकामा म काम गर्न ५ मिटरअघि कुदिसक्दा कर्मचारीहरु दौडने कि नदौडने भनेर छलफलमै हुन्थे । काठमाडौंमा न तोकेको दिनमा टेण्डर खुल्छ, न भनेका दिनका टेण्डर स्वीकृत हुन्छ, सबै बल्ल-बल्ल गरायो । सम्झौता भएपछि पनि भनेका दिनमा काम नै सुरु हुँदैन । तोकिएको समयमा एउटै काम सकिँदैन । कुनै त्यस्तो योजना नै छैन, जसको म्याद नथपिएको होस् । विभिन्न बाहानाबाजी हुन्छ । अब आउने मेयरले यसका विरुद्ध कडाइपूर्वक काम गर्नुपर्छ । हिजो पो म एक्लै थिएँ, अब त उपमेयर हुन्छ, कार्यकारी हुन्छ, वडा-वडामा अध्यक्ष हुन्छन् । त्यसैले अब बलियोसँग यस्ता प्रवृत्तिविरुद्ध लाग्नुपर्छ ।
काम नगर्ने कर्मचारीलाई एकातिर लगेर थन्काइदिए हुन्छ । चौरमा हिँडाइदिए हुन्छ । निर्वाचित प्रतिनिधिले धेरै काम गर्न सक्छन् । हिम्मतका साथ काम गर्न चाँहि सक्नुपर्छ ।

अब कस्तो कार्यक्रम कस्तो ल्याउने ? हिजो हामीले भनेका थियौं, गि्रन काठमाडौं । शहरमा हरियाली प्रर्वद्धन गर्ने । हेर्नुस्, खाली ठाउँमा वृक्षारोपण गर्न सजिलो होला । तर, बनिरहेको शहर भत्काएर नयाँ बनाउन र शहरमा रुख जोगाएर हरियाली प्रवर्द्धन गर्न सजिलो छैन ।
अब राम्रो कामका लागि नीतिगत कार्ययोजना बनाउनुपर्छ ।

घर-घरमा रुख रोप्नैपर्ने व्यवस्था जरुरी छ । रुख रोप्न सम्भव नहुने भए अन्त कतै रुख रोपेर हुर्काउने ब्यवस्था गर्न सकिन्छ । यसका लागि मापदण्डहरु परिवर्तन गर्न सकिन्छ ।

सरसफाइका लागि राज्य घर-घरमा गएर सम्भव छैन । मान्छेमा सफाइको चेतना भित्रैबाट आउनुपर्छ । नागरिकलाई नै जिम्मेवार र सचेत गराउन एड्भोकेसी गर्नुपर्छ । कतिपय लबिङ गर्नुपर्छ ।

अब पूर्वाधारमा प्राथमिकता दिनुपर्ने अवस्था छ । अब शहरमा मास ट्रान्सपोर्टेशनका लागि अवधारणामा आएको मोनो रेललाई पनि अघि बढाउनुपर्छ । मेट्रो रेलको सम्भावना अलि कम हुन सक्छ । हामीले मोनो रेलको सम्भाव्यता अघि बढाइसकेका छौं ।

अब सडक विस्तारमा मात्रै गएर भएन । हिजोको पुराना संरचना बचाउनुपर्ने हुन्छ । भत्काएर बढाउनुभन्दा पनि पुराना सम्पदालाई कसरी जोगाउने भन्नेमा केन्दि्रत हुनुपर्छ । भित्री शहरको व्यवस्थापन कसरी गर्ने भन्ने पनि छ । शहरको पुनर्निर्माण गर्नुपर्नेछ ।
नगर विकास ऐन अन्तरगत हामीले अधिग्रहणको काम अघि बढाएका थियौं । निर्वाचन अघि ‘पोलिटिकल इस्यु’ हुन्छ भनेर हामीले रोकेर राखेका थियौं । निर्वाचित जनप्रतिनिधि आएपछि त्यो काम अघि बढाउन सक्छ । म नयाँ आउने मेयर साहबलाई त्यो पनि अघि बढाउन भन्छु ।

तामाङसँगको अन्तरवार्ता यहाँ पढ्नुहोस् 

काठमाडौंका मतदाता अधिकारमुखी भए, उम्मेदवारले एजेण्डा नै बुझेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment