Comments Add Comment

फ्रेस फेसः ‘म कहिले राम्री, कहिले नराम्री’: आश्मा (भिडियाे)


केही म्यूजिक भिडियो, टेलिसिरियलमा काम गरिसकेकी मोडल हुन्, आश्मा गिरी । केही बर्ष भारतमा अध्ययन गरेर २ बर्ष अगाडि नेपाली ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी आश्मालाई अहिले नै स्टार बनिहाल्नुपर्छ भन्ने लाग्दैन ।

आश्मा भन्छिन्-‘मैले अहिले कुनै पनि कुरामा दबाब महशुश गरेकी छैन । म आफूलाई पहिला निपुर्ण बनाएर मात्र चलचित्रमा प्रवेश गर्छु ।’

आश्मासँग गरिएको ‘फ्रेस फेस’को कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

उनी, हाल ‘रङ टाइम’ नामक सिरियलमा काम गरिरहेकी छिन् । आफ्नो काममा अझ निखारता ल्याउनका लागि आफूले सिरियलमा काम गरिरहेको उनले बताइन् ।

चलचित्र क्षेत्रमा आउने सोच छ कि छैन, उनले भनिन्-‘यहाँ खुट्टा तान्नेहरु धेरै छन् । यसैले मैले पहिलो आफूलाई तयार पार्नुपर्छ । चलचित्रको अफर पनि आएको थियो । तर, भारतमा पढ्दै गरेकाले मैले चलचित्रमा काम गर्न पाइनँ ।’

चलचित्र अफर आयो भने के गर्नुहुन्छ ? उनले भनिन्-‘राम्रो प्रोजेक्ट छ भने नाई पनि भन्दिनँ । तर, आयो भन्दैमा गरिहाल्दिनँ ।’ उनले चलचित्र भनेपछि मनोरञ्जन हुनुपर्ने बताउँदै, दर्शकहरुले हेरेपछि केही न केही शिक्षा पाउनुपर्ने सुनाइन् । उनले, अहिले आफूलाई लभ स्टोरी चलचित्र नै सुहाउने बताइन् ।

आश्माको नजरमा चलचित्र क्षेत्रमा करिअर बनाउन गाह्रो छ । उनले भनिन्-‘मैले चलचित्र क्षेत्रलाई नै मैले करिअर नै बनाउँछु भनेर सोचेकी छैन ।’भारतमा पढ्दै गर्दा आफूलाई साउथ मुभीहरुबाट अफर आएपनि नमिलेको आश्माको दाबी छ ।

उनले आफूलाई चलचित्र क्षेत्रमा सौगात मल्ल, दयाहाङ राई मनपर्ने बताइन् । फिगर मेन्टेन गरिरहेकी आश्माले मोटाएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले, कहिले आफूलाई पहिरन लगाउँदा राम्रो देखिने त कहिले नराम्रो देखिने बताइन् । फेसबुकमा मन पराउने मान्छे धेरै भएको भन्दै, मन पराउन पाइयो भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment