बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

खलिल जिब्रानको लघुकथा: पागल

खलिल जिब्रान

तपाईं मलाई सोध्नुहुन्छ, पागल कसरी भइस् ? खासमा भएको यस्तो हो:

धेरै समय अगाडिको कुरा हो, जब भगवान् पनि पैदा भएका थिएनन् । एक बिहान म गहिरो निद्राबाट ब्युँझिएँ । मैले मेरा सारा मुखुण्डोहरु चोरी भएको थाहा पाएँ । ती सात वटा मुखुण्डो थिए, जुन मैले सात जन्मदेखि अनुहारमा पहिरिँदै आएको थिएँ । मुखुण्डो नलगाई म ठूलो आवाजले चिच्याउँदै भिडमभिड गल्लीमा दगुर्न थालेँ- ‘चोर ! चोर !!’

मान्छेहरु म माथि हाँस्न लागे । कतिपय त मदेखि डराएर आफ्नो घरभित्र पसे ।

जब म बजारमा पुगेँ, आफ्नो घरको छतमा उभिएर एउटा युवक करायो- ‘हेर सबै जना, पागल आयो !’

उसको मुख हेर्न मैले मास्तिर हेरेँ । त्यो दिन सूर्यको किरणले मुखुण्डोबिनाको मेरो नाङ्गो अनुहारलाई पहिलो पटक चुम्यो । सूर्यप्रति मेरो आत्माभरि प्रेम उर्लियो । मुखुण्डोको कुरा मेरो दिमागबाट विस्तारै हराउन थाल्यो र म विक्षिप्त भए जस्तै कराएँ – ‘सुखी होऊ, सुखी होऊ मेरो मुखुण्डो चोर्नेहरु हो !’

यसरी म पागल भएँ ।

आफ्नो यही पागलपनमै मैले स्वतन्त्रता र सुरक्षा पाएको छु । एक्लै बस्न पाउनुको स्वतन्त्रता र आफ्नो परिचय बनाउने अनुभूतिबाट मुक्ति । जो हामीलाई चिन्दछन्, खासमा उनीहरु हामीभित्र केही न केही गुलामी रोपिदिन्छन् ।

तर, मुक्तिको यो अनुभूतिमा मैले घमण्ड गर्नु हुँदैन । किनकि जेलमा बस्ने एउटा चोर पनि जेल बाहिर रहेको दोस्रो चोरबाट सुरक्षित रहन्छ ।

अनुवाद: जोतारे धाइबा

२०७४ वैशाख २७ गते १५:५९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • anjana लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १६:३३

    marmik

    6
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this