Comments Add Comment

रेनो क्विडको १.० लिटर इन्जिन भर्सन नेपालमा


२७ वैशाख, काठमाडौं । रेनो नेपालले क्विड हृयाचब्याकको १.० लिटर इन्जिन नेपालमा पनि ल्याएको छ । रेनो नेपालद्धारा रेनो क्विड तथा डस्टर केबल ८ महिना अवधिमा १००० हजार यूनिट बिक्रीको सफलतापछिनयाँ क्वीड सार्वजनिक गरिएको हो ।

क्विड १.० लिटरले कम्प्याक्ट ह्याचब्याक सेगमेन्टका कारहरु खरिद गर्न चाहने ग्राहकहरुका लागि अधिक शक्तिशाली विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । क्विड आकर्षक, आविश्कारिक तथा किफायती छ । यो सहि अर्थमा रेनो नेपालका लागि गेम चेन्जर तथा मूल्यवान हो ।

क्विडको सफलतालाई निरन्तर कायम राख्ने उत्पादनको सही प्रतिबद्धता हो, जसले गर्दा रेनो क्विड १.० लिटर स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिन बजारमा अनावरण गरिएको छ ।

शक्ति र डिजाइनको अनुपम संयोजन

रेनो क्विड रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो, जसले यसलाई सहिरुपमा अन्तर्राष्ट्रिय कार बनाएको छ । क्विड १.० लि स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिनलाईससक्त बनाईएको छ भने यसलाई निकै कुशलतापूर्वक सिर्जना गरिएको छ । यसको विशेषताहरुले क्विडलाई विशिष्टता र जिवन्तताको माथिल्लो उचाईमा पुर्याएको छ ।

क्विड १.०ली स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिनले यो श्रेणीमा ठूलो विविधिकरण ल्याएको छ, क्विड एउटा कारको रुपमा ग्राहकहरुको ‘लीभ फर मोर’ को चाहनालाई पुरा गर्ने स्थानमा रहेको छ । उत्कृष्ट कार्यक्षमताका लागि ब्राण्ड न्यू १.० लिटर स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनलाई अतुलनीय डिजाईन गरिएको छ ।

यसको डबल ओभर हेड कामसफ्टकोफोर भल्भ पर सिलिण्डर न्यूनतम प्रेसरमा पनि उच्च कार्यक्षमता देखाउँछ र अधिक एयर फिलिङ गर्दछ, जसको कारण लो इण्ड, मिड रेन्ज ताथ हाई एण्ड रेभ ब्याण्डमा पनि इन्जिनले आवश्यक उर्जा उत्पन्न गर्दछ । यो उच्चतहरुको प्रविधियुक्त इन्जिनले शहरी सडकमा होस वा राजमार्गमा यात्रालाई सहज बनाउँछ ।

सुरक्षामा अब्बल

कयौं सकि्रय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनो क्विड यसअघि नै चालकका लागि एयर ब्यागको विकल्पका साथ उपलब्ध छ । सुरक्षालाई नयाँ स्तरमा पुर्याउन, क्विड १.०ली स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिनमा पहिलो श्रेणीको प्रो सेन्स सीटबेल्ट प्रीटेन्सनर्स विथ लोड लिमिटर्स राखिएको छ ।

यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतयामाथिल्लो श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment