Comments Add Comment

निर्वाचनले रोकेन विदेश जाने युवालाई

२८ वैशाख, काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ । लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले होला, जताततै निर्वाचनकै चर्चा छ । निर्वाचनमाआफ्नो अमूल्य मत खसाल्न विदेशबाट समेत धमाधम मतदाता आउनथालेका छन् ।

तर यहाँ अर्को जमात पनि छ, उनीहरूलाई निर्वाचनभन्दा आफ्नै पारिवारिक समस्या ठूलो छ । मनमा भोट खसाल्ने रहर हुँदाहुँदै पनि उनीहरू निर्वाचनको मुखैमा देश छोडिरहेका छन् । वैदेशिक रोजगारीका लागि देश छाड्ने युवाहरूलाई यो चुनावले समेत रोक्न सकेको छैन ।

‘आफ्नो मातृभूमिलाई छाड्नुपर्दा एक किसिमको पीडा छ, तर पनि यहाँ बसेर जिन्दगी चल्ने देखिएन, त्यसैले देश छाड्दै छु,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरिया जाँदै गरेका युवा पीताम्बर पन्तले भने, ‘निर्वाचन हुने खानेहरूका लागि मात्र रहेछ, हामीलाई त काम गर्नु छ, यहाँ काम छैन, त्यसैले जाँदै छु ।’

गुल्मीका पन्त मात्र होइन, मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ जना नेपाली युवा कोरियन एयरबाट कोरियाका लागि प्रस्थान गरे । यी सबै युवाहरूको अनुभव र भोगाइ पनि एउटै हो ।

यही भीडमा थिए कास्कीका वाग्ले । गाउँमा सबै साथीसँगी निर्वाचन प्रचारप्रसारमा लागेका छन् । तर, उनी मंगलबार नै कोरियातिर लागे । ‘चुनावमा मत हाल्ने मन थियो, तर के गर्नु मत हालेर पेट भरिँदो रहेनछ, आफ्ना लागि आफैंले केही गर्नुपर्यो,’ उनले भने, ‘भोट जितेर जाने जान्छन्, निर्वाचनको भोलिपल्टदेखि आफ्नो समस्या ज्यूँका त्यूँ हुन्छ ।’

देशमा निर्वाचनको माहोल तातिरहेका बेला पनि वैदेशिक रोजगारका लागि विदेश जाने युवाहरूको संख्या भने उत्तिकै छ । दिनहुँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारका लागि विदेश गइरहेका छन् । यही भीडमा भेटिएका रूपन्देही रुद्रपुरका दुर्गा कुँवरले चुनाव शब्द सुन्नै चाहेनन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment