Comments Add Comment

भोटको महत्व बुझाउँदै निर्वाचन आयोग, बसमा टाँसियो सन्देशमुलक सामाग्री

२८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावको मौन समय शुरु हुनै लाग्दा निर्वाचन शिक्षालाई थप प्रभावकारी बनाएको छ । आयोगले आजबाट साझा बसमा समेत ‘मेरो मत अमूल्य छ’ भन्ने सन्देशसहितको निर्वाचन शिक्षा सामाग्री टाँसेर प्रचार-प्रसार तिव्र पारेको हो ।

आयोगले साझा सहकारीले सञ्चालन गरेका सबै सार्वजनिक बसहरुमा त्यस्तो सूचनामुलक सामाग्री टाँसेको छ । आयोगले त्यस्तो सूचनामुलक सन्देशले मतदातालाई मतदानस्थलमा गएर मतदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।

निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत प्रतिशत घटाउन यस्तो अभियानलाई तिव्र पारेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । प्रवक्ता शर्माले भने ‘हरेक मतदाताले मतदानमा भाग लिउन् र स्थानीय विकासका लागि योग्य प्रतिनिधि छनौट गरुन् भन्ने उद्देश्यले यस्तो सामाग्री ल्याइएको हो ।’

आयोगले मौन अवधिमा पनि यस्तो प्रचार सामाग्रीलाई तिव्र पार्ने बताएको छ ।

मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुन्छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्मको अवधिमा चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment