Comments Add Comment

निर्वाचन आयोगले दोलखा घटना छानविन थाल्यो, आयुक्तको नेतृत्वमा समिति गठन

२८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले दोलखा घटनाको छानबिन गर्न निर्वाचन आयुक्तको नेतृत्वमा छुट्टै अनुसन्धान टोली गठन गरेको छ । आयुक्त सुधीर शाहको नेतृत्वमा समिति गठन गरिएको हो ।

मंगलबार राती एमाले र माओवादी केन्द्रबीच झडप हुँदा दोलखाको गौरिशंकर गाउँपालिकाको जुगु भन्ने ठाउँमा एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो । घटनामा एकजना घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

निर्वाचन आयोगले उक्त घटनालाई गम्भिर रुपमा लिएर आयुक्तको नेतृत्वमा छानवीन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । उनले दोलखा घटनापछि सुरक्षा सतकर्ता थप बढाइएको समेत बताएका छन् ।

स्थानीय तहको चुनावमा निर्वाचन आयुक्तकै नेतृत्वमा कुनै बिशेष घटनाको छानबिन गर्न टोली गठन गरेको यो पहिलो पटक हो । निर्वाचन आयुक्त शाह दोलखा पुगेर छानबिन गर्ने आयोगले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले उक्त घटनाप्रति आपत्ती जनाउँदै आयोगको ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment