Comments Add Comment

अस्ट्रेलियन सैनिकले नेपालमा १ हजार घर बनाइदिने

११ मे,एडीलेड । अस्ट्रेलियन सैनिकहरुले नेपालमा भूकम्प पीडितहरु र जनयुद्धका समयमा पीडित भएकाहरुका लागि घर बनाइदिने भएका छन् ।

दक्षिण अस्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदूत दीपक धमलाले यहाँका अवकाश प्राप्त सैनिक कर्नेल नील सटोनले नेपाली बाणिज्य दुताबासमार्फत नेपाल सरकारलाई आफ्नो रुची ब्यक्त गरेको बताए ।

उनीहरुले अनुमति प्राप्त भएको खण्डमा एक हजार सुविधासम्पन्न सेल्टर निर्माण गर्ने बताएका छन् ।

बाणिज्य दुत दीपक धमलाले कर्नेलको निबेदन नेपालका मुख्य सचिवलाई पठाइएको बताए ।

सरकारबाट अनुमति प्राप्त भएमा दक्षिण अस्ट्रेलियाका नेपाली महाबाणिज्य दूताबाससंग सहकार्य गरेर अस्ट्रेलियन सैनिकहरुले अस्थाई सेल्टर बनाउने छन् । बीस वर्षसम्म टिक्ने ती अस्थाई सेल्टरहरु सम्पूर्ण सुबिधा युक्त हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment