Comments Add Comment

अष्ट्रेलियामा नेपालको पर्यटन सम्भावनाको चर्चा

११ मे,एडीलेड । दक्षिण अस्ट्रेलियामा आयोजित एक कार्यक्रममा नेपालको पर्यटन सम्बन्धी व्यापक चर्चा भएको छ ।

नेपाली दूताबास क्यानबेराका कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले उक्त कार्यक्रममा सहभागी व्यक्ति तथा सस्थाहरुलाई नेपालमा अब भूकम्पको त्रास हटिसकेकोले नेपाल भ्रमण गर्न प्रोत्साहन गरेका थिए ।

कार्यक्रममा दक्षिण अस्ट्रेलियाको संसदका सदस्य रसल वाट्ली तथा उनकी श्रीमती दानाले अर्काे वर्ष नेपाल भ्रमण गर्ने बताए ।

गतबर्ष कार्यव्यस्तताले आफूहरु जान नपाएको उनीहरुको भनाइ थियो ।

दाक्षिण अस्ट्रेलियाको नेपाली समुदायदेखि नेपालसम्मै गहिरो मित्रता बनाइसकेकी लिबरल पार्टीकी संसद जिंग लीले नेपाल यो धर्तीको स्वर्ग भएकाले आफू फेरीफेरी जान इच्छुक रहेको बताइन ।

लक्षिण अस्ट्रेलियाका बहुसांस्कृतिक छाया मन्त्रि जोहन गार्डेनरले पनि आफू नेपाल जाने समय पर्खिरहेको धारणा राखे ।

सोही कार्यक्रममा सहभागी अस्ट्रेलियन क्रिकेट अस्सोसियेसनका खेलाडीले नेपालमा गएर नेपाली क्रिकेट खेलाडीसंग मैत्रीपूर्ण खेल खेल्ने इच्छा जाहेर गरेका छन ।

साउथ अस्ट्रेलियन क्रिकेट एसोशियसनसंग आबद्ध एडीलेड नेपाली क्रिकेट एसोशियसनका अध्यक्ष बिजय जोशीले नेपाल गएर मैत्रीपूर्ण खेल खेल्ने र नेपालको प्रबर्दन खेल मार्फत पनि गर्ने चाहना भएको बताए ।

कार्यक्रममा स्थानीय रोटरी क्लब, साउथ अस्ट्रेलिया ठुलो ट्रावलवल कम्पनि हेल्लो बोल्र्ड ट्रावलसंग एशोसियट पर्यटन ब्यबशायीहरु, बनिंक टुर, फिल होप म्यान लगाएतका चर्चित ट्रावलवल कम्पनिहरु पनि उपस्थित थिए ।

नेपालको पर्यटन सम्बन्धी सूचना प्रदानका क्रममा दक्षिण अस्ट्रेलियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि देव तुजुसकीले श्रब्य दृश्य सामग्री प्रस्तुत गरेका थिए ।

नेपाली नाच गान पनि भएको उक्त कर्यक्रममा उपस्थित ग्लोबल कम्मुनिटी फर पिस नामक संस्थाले आफ्नो टोलि बर्षेनी नेपाल जाने गरेको र अस्ट्रेलियामा नेपाल शान्तिपूर्ण देश हो भनेर प्रबर्दन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा अन्य देशका महाबाणिज्यदूतहरु सहित एकसय भन्दा बढीको उपस्थिति थियो । बुद्द जयन्तिको साँझमा आयोजित कार्यक्रममा शान्तिका दुत बुद्दको पनि स्मरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment