Comments Add Comment

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमण हुँदा २५ को मृत्यु, सिनेट उपाध्यक्ष घाइते

२९ बैशाख, काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सिनेट उपाध्यक्षलाई लक्षित गरी आत्मघाती आक्रमण हुँदा २५ जनाको मृत्यु भएको छ । आक्रमणमा सिनेट उपाध्यक्ष मौलाना अब्दुल गफूर हैदरीलगायत ३० जना घाइते भएका छन् ।

मस्तंग इलाकामा शुक्रबारको नमाज सकिएपछि स्थानीयलाई सम्बोधन गर्ने क्रममा आत्मघाती बम आक्रमण भएको थियो ।

आक्रमणमा घाइते सिनेट उपाध्यक्ष हैदरीलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । उनी सवार गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको भिडियो फुटेज टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् ।

घटनास्थल राजधानी क्वेटा शहरबाट करिब ७० किलोमिटर टाढा पर्दछ । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment