Comments Add Comment

औषधि आयात रोके कडा कारबाही गर्ने औषधि व्यवसायी संघको चेतावनी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि आयात रोके कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल औषधि आयातकर्ता संघले हालै मात्र आन्दोलनको धम्की दिएको थियो । संघले शुक्रवार औषधी व्यवस्था विभागमा ज्ञापनपत्र पनि बुझाएको छ ।

तर, नेपाल औषधि व्यवसायी संघले शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलन गरे कारवाही गरिने चेतावनी दिएका थिए । संघको विधानको मर्म र भावना विपरीत केही असन्तुष्ट समूहले आफ्नो निहित स्वार्थका लागि प्रचारबाजी गरेको भन्दै संघले आयातकर्ताहरुलाई भनेको छ, औषधि उपचार तथा सुस्वास्थ्य हुन पाउनु पर्ने नैसर्गिक अधिकारमा प्रभाव पर्ने गरी जनस्वास्थ्यमा समेत आघात पुग्ने गरी कसैले कुनै पनि कार्य गरेमा नेपाली औषधी व्यववसायी संघले कडा कारवाही गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

औषधिहरु पूर्ववत व्यवस्था अनुसार नै आयात हुने र सहज रुपमा विक्री वितरण गरिने समेत संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment