शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

फिरौति माग्दै विश्वका ९९ देशमा साइबर आक्रमण

अनलाइनखबर

विश्वका ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई ह्याकरहरुले चोरी गरेर भयानक साइबर हमला गरेका हुन् । अहिले विश्वका ९९ देशका हजारौँ स्थानका कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि हरेक कम्प्युटरसँग ३ सय डलर फिरौति मागेका छन् ।

स्मरण रहोस् गत महिनामात्रै द स्याडो ब्रोकर नामक ह्याकर समूहले अमेरिकी सुरक्षा एजेन्सीको साइबर अट्याक टूल चोरी गरेको दाबी गर्दै त्यसलाई अनलाइन मार्फत सार्वजनिक गरेको थियो ।

उक्त घटनापछि माइक्रोसफ्टले गत मार्चमा सफ्टवेयरमा अपडेट सार्वजनिक गरेको थियो तर विश्वका अधिकांस प्रयोगकर्ताले आफ्नो सिस्टम अपडेट गरिसकेका थिएनन् ।

कति भयानक हो अहिलेको आक्रमण ?

अहिलेको फिरौति माग्ने साइबर आक्रमणबाट विश्वका ९९ वटा देश प्रभावित भएको समाचार आएको छ । जसमा अमेरिका, चीन, बेलायत, रुस, स्पेन तथा इटाली लगायतका देश रहेका छन् ।

साइबर सेक्योरिटी र्फम एभास्टले वान्नाक्राइ तथा यस्तै नामका अन्य विभिन्न फिरौति भाइरसका ७५ हजार मामिला विश्वभरमा फेला पारेको जनाएको छ । एभास्टका प्रतिनिधि ज्याकुब क्रोस्टेकले यो निकै भयानक रहेको बताएका छन् ।

ह्याकरहरुले डिजिटल क्रिप्टोकरेन्सी बिटकोइन मार्फत फिरौति मागिरहेका छन् । साइबर आक्रमणका पीडितहरुले फिरौति रकम हमलाकारीहरुलाई बुझाइरहेको पाइएको छ किनकी बिटकोइनमा रकम जम्मा हुन थालिसकेको छ ।

समाचार अनुसार साइबर आक्रमणको सबैभन्दा ठूलो प्रभाव रुसमा परेको छ । रुसका गृहमन्त्रीले विन्डोज अपरेटिंग सिस्टमयुक्त कम्प्युटरमा आक्रमण भएसँगै विज्ञहरुले भाइरस पत्ता लगाइसकेको जनाएका छन् ।

आक्रमणबाट बेलायतको सरकारी नेसनल हेल्थ सर्भिस देखि लिएर जर्मनीको स्थानीय रेलवे टिकट मेसिन तथा इटालीको विश्वविद्यालय कम्प्युटर ल्याब सम्म प्रभावित भएका छन् ।

स्पेनको टेलिकम कम्पनी टेलेफोनिका, पोर्चुगलको पोर्चुगल टेलिकम, डेलिभरी कम्पनी फेडेक्स, तथा रुसको दोश्रो ठूलो मोबाइल फोन नेटवर्क मेगाफोनमा पनि साइबर हमला भएको छ ।

हमलामा कसको हात ?

विज्ञहरुका अनुसार अमेरिकाको सुरक्षा एजेन्सीले माइक्रोसफ्ट सिस्टमको कमजोरीलाई दुरुपयोग गर्नका लागि इटर्नल ब्लु नामक साइबर अट्याक टूल तयार पारेको थियो ।

त्यसलाई पछि द स्याडो ब्रोकर नामक साइबर हमला गर्ने समूहले चोरी गरेर त्यसलाई अनलाइनमा बिक्रिका लागि राखेको थियो । पछि अपि्रल ८ मा त्यसको पासवर्ड सार्वज्निक गरी अनलाइनमा निशुल्क उपलब्ध गराएको थियो । बीबीसी

२०७४ वैशाख ३१ गते ६:०९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • जीवन अधिकारी लेख्नुहुन्छ    |   २०७४ वैशाख ३१ गते ९:०२

    अ्मेरिका संसारकै ज्यानमारा पृथ्बी ध्वस्त बनाउन जन्मेको किरो हो । पृथ्बी ध्वस्त बनाउन यसैले अनेकौ उपकरन बनायो यो।मुला कम्प्युटर त जे होस बालै भएन तर पृथ्बीको कुरा छ यहाँ यो अ्मेरिका भन्ने देश सागरमा डुबेर गए पनि मलाई कुनै दुख हुने छैन। संसारकै अ्मानव बस्ने देश।

    74
    19
    Share

  • No Name लेख्नुहुन्छ    |   २०७४ जेठ १ गते ९:४१

    जीवन अधिकारी जि तपाईंलाई यो पाली पनि DV नपरे जस्तो लाग्यो मलाई 😀

    10
    4
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this