Comments Add Comment

साहरुखले भने-‘म संसारकै सर्वश्रेष्ठ प्रेमी हुँ’


‘प्रेमले नै तपाईलाई चलायमान बनाउँछ र बेकामी हुनबाट बचाउँछ ।’ नायक साहरुख खानले क्यानडमा ‘टेड टक शो’मा सहभागी हूँदै भने । १७ मिनेटको सम्बोधनमा उनले प्रेमकै विषयमा धेरै समय खर्चिए ।’ विच विचमा उनले आफुले जीवनमा भोगेका केही अविस्मरणीय घटना प्रस्तुत गरे ।

क्यानडाको वेलकुवर कनेक्सन सेन्टरमा भएको कार्यक्रमको भिडियो समेत सार्वजनिक भएको छ । सोही कार्यक्रममा शाहरुखले दिएको अभिव्यक्तिको केही अंश यस्तो छ ।

म ५१ वषिर्य फिल्मस्टार हुँ । मेलै अहिलेसम्म ‘बोटाक्स’को प्रयोग गरको छैन । तपाईले देख्नुहुन्छ । म अहिले पनि २१ वर्षको ठिटो स्टाइलले हिड्छु । म सपना बेच्छु र लाखौं भारतीय दर्शकको प्रेम पाउँछु । तर, तपाइहरुलाई थाह छ कि छैन म दुनियाको सर्वश्रेष्ठ प्रेमी हुँ ।

जब बुबाको निधन भयो
जब मेरो बुबाको निधन भयो । म १४ वर्षको थिएँ । मैले मेरो बुबाको लासलाई गाडीको पछाडी सिटमा राखेँ । आमा मेरो साथमा हुनुहुन्थ्यो । मैले गाडी हाँकेर अस्पतालवाट बाहिरिएँ । मेरी आमाले रुँदै रुदै सोध्नु भयो-‘छोरा तैले गाडी चलाउन कहिले सिकिस् ? मैले भने ‘भर्खर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment