Comments Add Comment

मतदान गरेपछि रेखाले भनिन्-‘अब जनताले माफी दिदैनन्’


नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक तथा राप्रपाकी केन्द्रिय सदस्य रेखा थापाले मतदान गरेकी छिन् । उनले, काठमाण्डौको मित्रपार्कमा रहेको पशुपति क्याम्पसमा रहेको मतदान स्थलमा पुगेर भोट हालेकी हुन् । रेखा बिहान साढे १० बजे मतदान स्थल पुगेकी थिइन् ।

उनले लाइनमा बसेरै भोट हालिन् । मतदान गरेपछि अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन्-‘जनताले हामीलाई विश्वास गरेर मतदान गरेका छन् । अब, पनि हामीले गल्ती गर्‍यौ र काम गरेनौ भने जनताले माफी दिने छैनन् ।’

मतदानका लागि लाइनमा बस्ने क्रममा रेखाले मतदाताका गुनासो समेत वुझेकी थिइन् । रेखाले भनिन्-‘सबैमा देश विकास हुन नसकेको गुनासो छ । यसैले, अब नेतृत्वमा पुग्नेले जनताको यो गुनासोको सम्बोधन गर्न आवश्यक छ ।’

रेखाले आफूले भोट हालेको पार्टीले नै जित्ने विश्वास समेत व्यक्त गरिन् । उनले, पहिलो संविधान सभाको चुनावपछि स्थानिय निकायको निर्वाचनमा मतदान गरेकी हुन् । दोश्रो संविधान सभाको निर्वाचनमा मतदाता नामाबलीमा नाम नभएपछि रेखाले मतदान गर्न पाएकी थिइनन् ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment