Comments Add Comment

सलमानसँग जोडी बन्दा पनि नचलेकी जरिन


बलिउडकी सुन्दर नायिका जरिन खान आजबाट ३० बर्षमा लागेकी छिन् । मुम्बइमा जन्मेकी जरिन मोडलिङ हुँदै बलिउडमा प्रवेश गरेकी थिइन् । सन् २००९ मा बनेको हिन्दी चलचित्र ‘बीर’बाट उनले करिअर सुरु गरेकी थिईन् । उक्त चलचित्रमा उनी सलमान खानकी नायिका बनेकी थिइन् ।

सन् २०११ मा प्रदर्शित चलचित्र ‘रेड्डी’मा उनले गरेको आइटम डान्सले चर्चा पाएको थियो । पछिल्लो वर्ष प्रदर्शन भएको ‘हाउसफुल-२’ ले पनि राम्रै चर्चा पाएको थियो । जरिनले हिन्दीको अतिरिक्त केही तमिल र पञ्जाबी चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

सन् २०१५ मा प्रदर्शन भएको ‘हेट स्टोरी-३’ बाट उनी थप चर्चामा आइन् भने आलोचना पनि उत्तिकै भयो । उक्त चलचित्रमा बोल्ड रुपमा प्रस्तुत भएकी जरिनले तन्नेरी पुस्ताको ध्यान तानेकी थिईन् ।

सलमान खानले उनलाई नायिका कट्रिना कैफसँग अनुहार मिल्ने भन्दै बलिउडमा प्रवेश गराएका थिए । तर, उनले सफलता भने पाउन सकेकी छैनन् । सफ्टबाट बोल्ड बन्दा पनि उनको करिअर उभो लाग्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment