Comments Add Comment

परिणितीलाई दिएनन् दर्शकले साथ


नायिका परिणिती चोपडा निरन्तर चलचित्र असफल भएपछि लामो समय खाली बसिन् । दर्शकले नरुचाएपछि उनले आफ्नो तौल घटाइन् । परिणितीको फिगरको खुबै चर्चा भयो ।

लामो ग्यापपछि परिणती अभिनित चलचित्र ‘मेरी प्यारी बिन्दु’ रिलिज भयो । शुक्रबारबाट रिलिज भएको यो चलचित्रबाट उनले फेरि सफलताको झण्डा गाड्ने विश्वास थियो । तर, उनले सोचे जस्तो भएन ।

३ साता अगाडि रिलिज भएको चलचित्र ‘बाहुवली २’ले परिणितीको चलचित्रलाई असर गर्‍यो । यो चलचित्रले विकेन्डमा जम्मा ६.५० करोड मात्र व्यापार गरेको छ ।

आयुष्मान खुराना र परिणितीको मुख्य भूमिका रहेको चलचित्र नचलेपछि यशराज ब्यानरले अर्को असफल चलचित्र दिएको छ । यतिमात्र होइन, केही बर्ष ग्याप बस्दा दर्शकले हेर्न आउँछन् भन्ने परिणितीको सोचले पनि काम गरेन । अब, उनलाई तिहारमा रिलिज हुने चलचित्र ‘गोलमाल एगेन’कै आशा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment