Comments Add Comment

कास्कीको मादी गाउँपालिकामा एमाले विजयी

कास्कीको मादी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । मादी गाउँपालिकाको प्रमुखमा एमालेका वेदबहादुर गुरुङ (श्याम) ले जित हात पारेका हुन् ।

यो सहित पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले आठ स्थानीय तह जितेको छ ।

विजयी गुरुङले ४ हजार ६ सय ३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ५३ मत प्राप्त गरेका छन् ।

यस्तै, गाउँपालिकाको उपप्रमुखमा एमालेका विष्णु पौडेल ४ हजार ५ सय २३ मतसहित विजयी भएकी छिन् । प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेसकी प्रभाश्री गुरुङले ३ हजार १ सय ३१ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment