Comments Add Comment

मिस्टर एण्ड मिस एएनएका लागि आवेदन खुल्यो, माल्भिका सुब्बा आउने

मे १६, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा मिस्टर एण्ड मिस एएनए नेपाल–२०१७ आयोजना हुने भएको छ । दी एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को वार्षिक सम्मेलनका अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो ।

९ वर्षदेखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरेको छ । आवेदनका लागि जुन ५ सम्मको समय दिइएको छ ।

आयोजक संस्थाले जुलाई २ मा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गर्ने जनाएको छ ।

सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्नेछिन् । बिजताहरुलाई नेपाल आवत जावतको निःशुल्क हवाई जहाजको टिकटको व्यवस्था गर्नेछ ।
यसैबीच,  बाल्टिमोरमा दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए) ले एएनए युनिटी गाला (एकता समारोह) सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment