Comments Add Comment

निर्जीवन बिमा कम्पनीहरुको नाफा ५० प्रतिशत बढ्यो


३ जेठ, काठमाडौं । सञ्चालनमा रहेका १७ निर्जीवन बिमा कम्पनीहरुको नाफा २० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाशमा १ अर्ब ५८ करोड रुपैयाँ कमाएका कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाशमा भने २ अर्ब ३७ करोड रुपैयाँ कमाएका हुन् ।

प्रतिशतले एनबी, रकमले यु्नाइटेड अगाडी

प्रतिशतको आधारमा एनबी इन्स्योरेन्स नाफामा सबैभन्दा अगाडी छ । कम्पनीको नाफा १ सय ८१ प्रतिशतले बढेर ६ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, रकमको आधारमा सबैभन्दा अगाडी रहेको शिखर इन्स्योरेन्सको नाफा २८ प्रतिशतले बढेर २६ करोड रुपैयाँ पुगेको छ ।

प्रभु इन्स्योरेन्सको नाफाको वृद्धि दर सबैभन्दा सुस्त रहेको छ ।

चुक्ता पुँजी पुग्न ९ अर्ब आवश्यक

यी संस्थाहरुलाई बिमा समितिले तोकेको पुँजी पुर्याउन ९ अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । हालै निर्जीवन बिमा कम्पनीको लागि समितिले २०७५ असारसम्ममा चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय बिमा कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई ८० करोडभन्दा बढि पुँजी चाहिने देखिएको छ । एभरेष्टमा संस्थापकहरुले ७ करोड ४८ लाख रुपैयाँ अग्रिम राखे पछि पनि यत्ति रकम कम देखिएको हो । नेकोमा संस्थापकहरुले २० करोड रुपैयाँ र प्रभुको १० करोड रुपैयाँ अग्रिम राखेका छन् । शिखर इन्स्योरेन्सलाई १९ करोड रुपैयाँ भए पुँजी पुग्ने देखिएको छ ।

भुक्तान गर्न १३ अर्ब बाँकी

यी संस्थाहरुले ग्राहकलाई तिर्न बाँकी दाबी भुक्तानी १३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । भुक्तान हुन दाबी रकममा १४ प्रतिशतले वृद्धि भएको हो । कतिपयको भुकम्पपछिको दाबी भुक्तानी रकम पनि तिर्न बाँकी नै रहेकोले यो रकम उच्च रहेको छ । सबैभन्दा धेरै बाँकी दाबी भुक्तानी हिमालयन इन्स्योरेन्सको रहेको छ ।

कम्पनीको बाँकी दाबी भुक्तानी ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । बिमा समितिको पछिल्लो तथ्यांक अनुसार भने हिमालयनमा परेको भूकम्प पछिको दाबी ४ अर्ब ९० करोड रुपैयाँ मध्ये ३ अर्ब ८५ करोड भुक्तानी भएको छ ।

कम्पनीहरुको कुल बिमा शुल्क आर्जन भने ३७ प्रतिशतले बढेर १३ अर्ब १३ करोड पुगेको छ । गत आवको चैतसम्ममा भने ९ अर्ब ५४ करोड रुपैयाँ आर्जन रहेको थियो । व्यवसायमा भएको यस्तो वृद्धिको आधारमा नेको इन्स्योरेन्स अग्रिम स्थानमा छ ।

कम्पनीको ६५ प्रतिशतले यस्तो आर्जन बढेर १ अर्ब पुगेको छ । रकमको आधारमा भने शिखर इन्स्योरेन्स अग्रिम स्थानमा छ । कम्पनीको यस्तो आर्जन २ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीहरुको जारी बिमा लेख संख्या १२ लाख ५० हजार पुगेको छ । बिमा लेखमा ४० प्रतिशतले वृद्धि भएको हो । कम्पनीहरुको जगेडामा ३ अर्ब ९८ करोड रहेको छ । जगेडामा ८ प्रतिशतले वृद्धि भएको हो । ओरियण्टल इन्स्योरेन्सको भने ८ करोडले जगेडा ऋणात्मक छ ।

यो पनि हेरौं: 

अब संयुक्त लगानीका बिमा कम्पनीले पनि सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने

बिमा कम्पनीलाई चुक्ता पुँजीको नयाँ मापदण्ड, २०७५ सम्म निर्जीवनलाई १ अर्ब र जीवनलाई २ अर्बको सीमा

कसरी गर्ने बिमा कम्पनीको मूल्यांकन ? हेर्नुस् १४ सूचक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment