Comments Add Comment

ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता

३ जेठ,काठमाडौं । चार महानगरको मत गणना जारी छ । जसमध्ये काठमाडौंसहित तीनमा नेकपा एमालेले अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडि छ ।

अहिले जारी मत गणनामा काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य अगाडि छन् । उनले १ हजार ८३ मत पाएका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् । उनले ७४० मत पाएका छन् ।

भरतपुरमा एमालेका देवी ज्ञवालीले झण्डै ९ सय मतको अग्रता लिएका छन् । उनले २ हजार ६४० मत पाउँदा कांग्रेस-माओवादी गठवन्धनका रेणु दाहालले १ हजार ७५१ मत पाएकी छन् ।
पोखरामा पनि एमालेका मानबहादुर जिसी अगाडि छन् । उनले ४ हजार ८५१ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले ४ हजाार ५८९ मत पाएका छन् ।

ललितपुरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका चिरीबाबु महर्जन ६ हजार ८४ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ७७९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जन ३४५९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment