Comments Add Comment

अब्दुल कलामको नामबाट बन्यो विश्वकै हलुका स्याटेलाइट

भारतको चेन्नइका १८ वर्षीय रिफत शारुकले ६४ ग्रामको एक कृत्रिम उपग्रह अर्थात् स्याटेलाइट बनाएका छन् जसलाई आगामी जून महिनामा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरीक्षमा पठाउनेछ ।

रिफतले बनाएको उक्त स्याटेलाइट विश्वकै सबैभन्दा हलुवा स्याटेलाइट रहेको दाबी गरिएको छ ।

नासा तथा आइडुडलले आयोजना गरेको प्रतियोगिता क्यूब्स इन स्पेसमा रिफतले तयार पारेको स्याटेलाइट चुनिएको छ ।

रिफतका अनुसार उसको उद्धेश्य चाहीँ थ्री डी पि्रन्ट प्रविधिबाट उपलब्ध कार्बन फाइबरको कार्यशीलतालाई देखाउनु हो ।

उनले बनाएको स्याटेलाइट चार घण्टाको सर्ब अर्बिट मिसनमा पठाइनेछ । त्यस क्रममा यो स्याटेलाइट अन्तरीक्षको सुक्ष्म गुरुत्वाकर्षण वातावरणमा १२ मिनेटसम्म रहनेछ ।

रिफत भन्छन्ः हामीले यसलाई लगभग शून्यबाट सुरुवात गरेर बनाएका हौँ ।

यसमा एक नयाँ तरिकाको अनबोर्ड कम्प्युटर रहेको छ र भारतमै तयार गरिएका ८ वटा सेन्सर लगाइएको छ । ती सेन्सरले गति, चक्रगति तथा पृथ्वीको म्याग्नेटोस् यरको मापन गर्नेछन् ।

यो स्याटेलाइटको नाम भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको नामबाट कलामस्याट राखिएको छ । रिफत भारतको चेन्नइस्थित स्पेस किड्स इण्डिया नामक संस्थासँग आबद्ध छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment