Comments Add Comment

रेखाले किन लेखिन्-‘चुनावको परिणाम देखेर रुने र हाँस्नेहरुले राजनीति वुझेनन्’

नायिका रेखा थापा केही समय अगाडि मात्र राप्रपामा प्रवेश गरिन् । राप्रपा पार्टीमा रेखा प्रवेश गरेको केही महिना मै स्थानिय निकायको निर्वाचन भयो । पहिलो चरणको स्थानिय निकायको निर्वाचनको परिणाम आउँदै गर्दा नायिका थापा केही समय अगाडि प्रवेश गरेको राप्रपा पार्टी निकै पछि देखिएको छ । यसपछि, रेखाको नाममा विभिन्न ट्रोल र स्टाटस फेसुबकमा देखिएका थिए ।

फेसबुकमा आफू लक्षित स्टाटस आउन थालेपछि रेखाले फेसबुकबाटै यसको जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्-‘जुन प्रकारले चुनावी परिणाम आएको छ । यसमा कसैले आत्तिनुपर्ने र कसैले मात्तिनुपर्ने स्थिती छ जस्तो विल्कुल लागेको छैन । पछिल्लो राजनीतिक परिवर्तनशिल अवस्था सम्पूर्ण प्रारम्भिक मात्रै हो । हरेक अवस्था अभ्यासको शल्यक्रियामा छानिदैछ ।’उनले चुनावको परिणाम देखेर नाच्नेहरु र रुनेहरुले राजनीति नवुझेको समेत आरोप लगाएकी छिन् । उनले, हार्दा नेपाली हार्ने र जित्दा नेपाली जित्ने भावनाको विकास हुनेदिनको पर्खाइमा आफू जस्तै धेरै नेपाली रहेको समेत स्पष्ट पारेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्-‘बिम्बात्मक ब्यङ्ग्यबाट सामाजिक संजाललाई कुरुप बनाउने कार्यप्रति मेरो सहमति छैन । सद्भाव रहनेगरि खुशी हुने र लोकतन्त्रको अभ्यासका रुपमा आफूलाई परिस्कृत गर्ने समय हो । मैले एकपल भनेकी थिएँ कि, प्रतिस्पर्धामा जित्ने र सिक्ने काम हुन्छ । हार्ने काम हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment