Comments Add Comment

सुर्खेतको बराहतालमा कांग्रेस विजयी

३ जेठ, काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तेजबहादुर बस्नेत ३२२१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी एमालेका ताराकेशर गौतमले २९६४ मत ल्याए भने माओवादी केन्द्रका बलबहादुर कठायतले १९८४ मत ल्याएका छन् ।

१० वटा वडा रहेको यो गाउँपालिकामा ४ वटा वडामा नेपाली कांग्रेस, ३ वटामा एमाले, २ वटामा माओवादी केन्द्र र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment