Comments Add Comment

जेठ ३१ को चुनाव सार्न राजपा नेपालको प्रस्ताव

प्रधानमन्त्री र कांग्रेस नेताहरुसँग छुट्टाछुट्टै भेट

३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नगरी दोस्रो चरणको चुनावमा नजान सरकारलाई दबाव दिएको छ। संशोधनसहित आफ्ना माग पुरा गर्न समय लाग्छ भने जेठ ३१ को चुनाव सार्न सकिने राजपाका नेताहरुले प्रस्ताव गरेका छन् ।

राजपा नेपालका नेताहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरेका थिए । सिंहदरवारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँग छलफल गरेका राजपाका नेताहरु लगतै प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।

दुबै भेटमा राजपाका नेताहरूले दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण नबनेको गुनासो गरेका छन् । राजपाका नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, ‘दुबै भेटमा हामीले चुनावको वातावरण बनाउन ध्यानाकर्षण गराएका छौं । संविधान संशोधन भएको छैन, मुद्दा फिर्ता भएको छैन र चुनाव चिन्हको माग पनि संशोधन भएको छैन ।’

संविधान संशोधनसहितका माग पुरा नभए दोस्रो चरणको चुनावमा भाग नलिने राजपाको चेतावनी छ ।

उसले घुमाउरो भाषामा जेठ ३१ को चुनाव सार्न प्रस्ताव गरेको छ । राप्रपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले, ‘बरु समय लाग्छ भने लिनुस् तर, संशोधन नभई चुनाव हुन दिन्नौं ।’

बैठकमा कांग्रेस नेताहरुले संविधान संशोधन लगायतका माग सम्बोधन गरी चुनावमा वातावरण बनाउने आश्वासन दिएका थिए ।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘संविधान संशोधन प्रस्तावलाई पनि टुंगो लगाउन हामी लाग्छौं । दुई तिहाई बहुमत पुर्‍याउन आवश्यक पार्टीहरुसँग छलफल गर्छौं । चुनाव चिन्ह दिने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने कुरा भएको छ ।’

तर, जेठ ३१ को दोस्रो चरणको चुनाव सार्ने राजपा नेपालको प्रस्ताव भने कांग्रेसले अस्वीकार गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने राजपालाई चुनावमा जाने वातावरण बनाउन पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment