बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

सरकारलाई एमालेको प्रश्न- राष्ट्रसंघले पठाएको पत्र कसले लुकायो ?

महाअभियोग फिर्ता निलई संसद अधिवेशन अन्त गर्न पाइँदैन-नेम्वाङ

अनलाइनखबर


४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त्य गर्ने सत्तापक्षको तयारीप्रति आपत्ति जनाएको छ । महाअभियोग फिर्ता नलिएसम्म संसदमा एमालेको विरोध कामयै रहने समेत उसले प्रष्ट पारेको छ ।

सरकारले आजै संसद अधिवेशन अन्त गर्ने तयारी गरेको छ । तर, महाअभियोग फिर्ता लिने सम्भावना छैन ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त गर्नु गैरजिम्मेवारीपूर्ण हुने बताए ।

नेम्वाङले अनलाइनखबरसँग भने- ‘संसदलाई अहिलेसम्म कुनै बिजनेश दिइएन । यत्रो समय संसदलाई कामविहीन बनाएर अहिले महाअभियोग प्रस्ताव त्यतिकै राखेर अधिवेशन अन्त गर्ने कुरा गैरजिम्मेवारीपूर्ण हो ।’

संसदमा स्थानीय तह र प्रदेश तथा संघीय संसदको निर्वाचनसम्बन्धी धेरै विधेयकहरु आउनुपर्ने अहिलेसम्म नआएको नेम्वाङले बताए ।

यसैबीच एमालेले नेपाल सरकारलाई संयुक्त राष्ट्रसंघले पठाएको पत्र लुकाइएको भन्दै संसदलाई जानकारी दिन माग गरेको छ । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग केही नेताको व्यक्तिगत स्वार्थमा अवरोध भएका कारण ल्याइएको भन्दै राष्ट्रसंघले निन्दा गरेर फिर्ता लिन सरकारलाई पत्र पठाएको एमाले नेताको दाबी छ ।

एमालेले राष्ट्रसंघको पत्र लुकाइएको भन्दै तत्काल संसदलाई जानकारी दिन माग गरेको छ । नेम्वाङले भने- राष्ट्रसंघले पठाएको पत्र किन लुकाइयो ? परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीलाई नदिएको हो कि, प्रधानमन्त्रीले पाएर लुकाएको हो ? यो कुरा संसदमा उठाउँछौं ।
यसैवीच सरकारले संसदको अधिवेशन स्थगित गरेर केही दिनपछि बजेट अधिवशेन सुरु गर्ने तयारी गरेको छ ।

२०७४ जेठ ४ गते ९:१६ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • Asmin Dhakal लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १०:००

    येस्तै येस्तै नचाहिने काम गर्छन र उल्टै जनतालाई इतिहासले धिक्कारछ भन्छन….लाज शर्म पचेका बेसरमहरु, इतिहास भनेको त धेरै पछि आउने कुरा हो, तिमीहरु जस्तो सड़यंत्रकारी हरुलाई एहि बर्तमानले धिक्कारन थाली सकेको छ, जसको ज्वलंत उदहारण एहि चुनाबी नतीजाले देखैसकेको छ….गठबंधन गर्दा पनि देशको सबै भन्दा ठूलो र धेरै बजेट निकासी हुने ४ महानगरपालिका, जस्मा तिमीहरुले आंखा गाडेका थियौ, त्यस्मै नराम्रोसंग हारीने लगभग निश्चितनै भइसकेको अवस्था छ र पनि अझै जालझेल गर्न छाडेका छैनौ होइन….??? आगामी प्रदेश र केंद्रको चुनाबमा जनताको कारबाही बेहोर्न तैयार भये हुन्छ…..

    तपै आफ्नो पार्टी देशकै सबै भन्दा ठूलो पार्टी भनेर फुर्ती लगाउनु हुन्थ्यो, त्यसलाई भर्खरै दर्ता भएको सानो बिबेकसील पार्टी र दर्ता हुननै बाकि भएको साझा पार्टीले जसरी नेपालको राजधानी काठमांडूमा उछीने, त्यसबाटै स्पस्ट थाहा हुन्छ तपैको पार्टीको हैसियत यो देशका बुद्धिजीबी र बिबेक भएका जनताहरुको नजरमा कतिको छ भनेर….जय नेपाल

    0
    0
    Share

  • DIP लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:२३

    uml ko ratrabad wow…UN lai nimto huna ta INGO RA NGO le chaleko pati prabhuko upasthiti dekhaudai paryo ni kaso haina ra?

    1
    0
    Share

  • सुरेन्द्र राई (दिवू) लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:२९

    अहिलेको सत्तारुढ दलहरु छिछिमिरा जस्तै हो भन्दा फरक नपर्ला कि । किन भने छिछिमिरा सिजनमा पृथ्वीबाट आकाशै ढाक्ने गरी निस्कन्छ । अनि समयभरमा बिभिन्न पंक्षी र जीवको आहार हुन्छ र बचेको पनि प्वांख काटेर जमिनमै लोप हुन्छ ।

    0
    0
    Share

  • बसन्त लिम्बु लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते २०:५२

    होइन, यि मार्क्स-मन्डले(गाईमाले) टाउकेहरु के भन्छन् हौ !!! राष्ट्रसंघको कुरा मान्नैपर्छ भन्ने छ के ? मान्नेनै हो भने राष्ट्रसंघले यसको निम्तिमात्र पत्र पठाएको छ र ? अन्य अन्तरास्ट्रिय मानवीय मुल्यमान्यता र कानुनहरुको पालना गर्नुपर्छ भनेको छैन र ? कुन सरकारले मान्यो ?? खुब वैदेशिक हस्तक्षेप नचाहने राष्ट्रवादी झुण्डहरुलाई राष्ट्रसंघको पत्रको त्यत्रो महत्व है हिजोआज चाहि ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this