Comments Add Comment

उत्तर सिड्नीका नेपाली सामाजिक कार्यक्रममा सक्रिय हुँदै

१८ मे, सिड्नी । न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीको उत्तरी समुन्द्री किनारामा बस्ने नेपालीहरु संगठित हुदै सामाजिक कार्य मा सरिक हुन थालेका छन् ।

समुन्द्री किनाराका ससाना पहाड, जंगल र पार्कहरुले उत्तर सिड्नी सुन्दर छ । यूरोपेली मूलका आप्रवासीहरुको बाक्लो बस्ती रहेका यी इलाकाहरुमा सानो संख्यामा नेपालीहरु बसोबास गर्दछन ।

आगामी शनिबार नेपाली समुदायका अविभावक र अस्ट्रेलियामा जन्मिएका बालबालिकाहरुवीच परिचय आदानप्रदान गर्ने कार्यक्रमको तयारीमा लागेका अर्जुन गिरीले अनलाइन खबरलाई दिएको जानकारी अनुसार आगामी मे २० मा उत्तर सिड्नीको मेन्ली ड्याम इलाकामा बृहत भेटघाट कार्यक्रम राखिएको छ ।

कार्यक्रममा नेपाली अभिभावकहरुवीच परिचय, बालबालिकाहरुका लागि नेपाली झन्डा लगायतले अनुहार रंग्याउने, नेपाली भाषा कक्षा संचालन सम्बन्धी छलफल हुनेछ ।

लजिकल नेपाली नदर्न बिचेज यहाँका नेपालीहरुलाई एकजुट गर्ने सस्था बनेको छ । एक वर्ष अघि बनेको यो सस्थाले उत्तर सिड्नीका नेपालीहरुकावीचमा नेपाली चाडपर्बहरु मनाउने र परिचयलाई फराकिलो बनाउने काम गरिरहेको छ ।

नेपालीहरु ठुलो बसोबास भने सिड्नीको पुर्वी र पश्चिमी वस्तीहरुमा छ । नेपालीहरुका ठुला जमघटहरु भने पश्चिम सिड्नी मै हुने गर्दछन ।

आयोजक सस्था का अध्यक्ष अर्जुन गिरीका अनुसार सिड्नीको नदर्न बिचेज इलाकामा करिब पाँच सय नेपाली बसोबास गर्दछन ।

यहाकाँ मेन्ली, वारिन्गा र पिट्वाटर मिलेर स्थानीय सरकारी निकाय नदर्न बिचेज काउन्सिलको स्थापना सन २०१२ मा भएको हो जहाँ २ लाख ६३ हजार ४१३ अस्ट्रेलियनहरु बसोबास गर्दछन । जसमा डी वाई, नाराबन, मेन्ली , एक्वेल, फ्रेंच्फरेस्ट, कार्ल कार्ल, बिल्बोला फ्रेश वाटर, वारिवूड कोलोरोय इलाकामा नेपाली को पातलो बसोबास छ ।

यस अघि मेन्ली बीचमा होली कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा २५० नेपाली सहभागी थिए ।

नेपालबाट परिवारका सदस्यहरु भेट्न आएका अभिवाबकलाई एक्लो अनुभूति नगर्न र नयाँ पुस्तालाई नेपाली भाषा संस्कृतिप्रति प्रेम जगाउन यो कार्यक्रम सहयोगी हुने आयोजक हरुले बिश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment