सोमबार, ५ भदौ, २०७४
OnlineKhabar.com

काठमाडौंमा सर्वोत्तमले हार स्वीकारे, काठमाडौंवासीलाई गाली नगर्न आग्रह

अनलाइनखबर

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना चार दिनदेखि चलिरहेको छ । झण्डै २ लाख बढी मत खसेको महानगरको झण्डै १५ हजार मात्र मत गणना भएको छ ।

तर, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् ।

उनी अहिले पाँचौं स्थानमा छन् र मत ५०० पनि पुगेको छैन । उनलाई विवेकशील नेपाली दलकी रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाले पनि धेरै पछाडि छाडिसकेका छन् ।

लगातार कम मत आएपछि माओवादी उम्मेदवार डंगोलले हार स्वीकार गरेका छन् । सुरुवात मत हेर्दा अब आफ्नो जितको सम्भावना नदेखेको भन्दै डंगोलले अनलाइनखबरसँग भने, ‘आएको मत मैले अपेक्षा गरेको भन्दा निकै कम छ ।’

यसले तीन कारण पनि औंल्याएका छन् । ‘हाम्रो संगठन कमजोर नै हो । बाहिरबाट आएकाहरु सदस्य भए पनि स्थानीय सदस्य कम रहे’ उनले भने, ‘त्यसमा पनि सक्रियता रहेन ।’
दोस्रो कारण संघीयता, गणतन्त्र लगायतका पार्टीका एजेण्डा स्थपित गर्न नसक्नु रहेको उनको विश्लेषण छ ।

सर्वोत्तमले मत नआउनुको कारण पार्टी नेतृत्वको असहयोगी भूमिका रहेको उनको बुझाइ छ । उम्मेदवारी दर्तापछि काठमाडौंमा कांग्रेस र माओवादीबीच तालमेल भएको र मेयरमा कांग्रेसलाई समर्थन गर्ने खबरहरु आए ।

सर्वोत्तम आफैंले त खण्डन गरे तर, पार्टी नेतृत्वको मौन रहृयो । न समर्थन गरेको हो भन्दै सर्वोत्तमलाई उम्मेदवारी फिर्ता लिन भने न समर्थन गरेको छैन भने ।

सर्वोत्तम भन्छन्, मलाई फिर्ता लिने कि भनेर समेत सोधिएन र तालमेल गरिएको होइन पनि भनिएन ।’
उनले अघि भने, ‘मैले त तालमेल भएको छैन भने । तर, विद्रोही उम्मेदवार होला भनेर मानिसहरुले बुझे । कतिपयले त मलाई नै भने पनि ।

पछिल्लो समय काठमाडौंको मत परिणामलाई लिएर माओवादीका नेता कार्यकर्ताले नकारात्मक टिप्पणी गरेका छन् । तर, सर्वोत्तम त्यसमा सहमत छैनन् ।

उनले सामाजिक सञ्जालमार्फत नै काठमाडौंका मतदाताको अपमान नगर्न अपील गरेका छन् ।

२०७४ जेठ ४ गते ११:०७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२० प्रतिकृयाहरू प्राप्त
  • krishna Gopal लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:४०

    माओवादीले जित्ने भनेको…… मान्छेलाई थर्काउन सक्ने ठाउँहरुमा मात्र हो, सोझा जनताहरुलाई डर धम्की देखाएर मात्र हो?

    236
    93
    Share

  • SUDAN लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:४१

    I am ready to join your party.

    49
    83
    Share

  • Umesh लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:४६

    Sahi bislesan

    86
    9
    Share

  • राज कुमार डंगोल लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:४८

    मतदाताहरु राजनेताको कुरा सुन्छन् ।तर मतदान प्रयोग गर्दा अाफ्नै विबेक प्रयाेग गर्छन्। मतदाता भन्ने चिज आफ्नो मानो खाएर अरुको बिचारमा चल्नेचिज हैन। प्रमाणित भयो।

    163
    12
    Share

  • Nepal Bashi लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:५५

    Raju oli bRO jatibad lai nadiye, BAHUNBAD LAI DINE HO KI, DAHI CHYURE BAHUN.

    7
    23
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ११:५९

    अब कि एमाले कित,

    कांग्रेससंग मर्जमै जाँदा,

    एमाओबादीलाई ठिक होला,

    किनकि

    अर्को चुनाबमा बिबेकशील र साझा दुवै मिलेर,

    राम्रै टक्कर दिनेवाला छन् ठालुहरुलाई l

    45
    6
    Share

  • Ganesh K C लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १२:०५

    janata pagal chhainan mukhale je je bhanepani vot chaahi sochera matra halchhan

    18
    2
    Share

  • Rajendra Bohara लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १२:०६

    haraka ramro bakte lae Chunu janatako kartaby ho

    8
    1
    Share

  • Ramesh Dahit लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १२:२१

    मेरो मित्र दिनेश गिरी लेख्नु हुन्छ ।
    कुरो बुझ्यौ प्रचण्ड
    प्रदेश र केन्द्र को चुनाब जित्ने हो भने काठमाॅडौ मा भोलि बाट १८ घन्टा लोडसेडिङ शुरु गराईदेउ
    यहाॅ का कालो मन भयका मान्छे हरु लाई अध्यारै मन पर्दो रहेछ
    मेलम्चिको पानि बन्द गर्देउ यॅहा का मान्छे लाई ईनार कै लेदो मन पर्दो रहेछ
    बाटो फराकिलो गर्ने काम बन्द गर्देउ यॅहा का मान्छे लाई साॅगुरै मा कुम ठोकायर हिड्न मन पर्दो रहेछ !

    52
    68
    Share

  • Keahav लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १२:३७

    We the voters of Kathmandu must appreciate the positive attitude of Sarbottam Dangol ji- by accepting his defeat.

    41
    1
    Share

  • Dev Krishna K c लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १३:१८

    I like your thought .You are great !!!

    23
    1
    Share

  • रमेश लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १३:५३

    डंगोल जी असाध्यै महान हुनु हुदो रहेछ ,चुनावमा हार या जित हुनु त्यति ठुलो कुरा हैन | जित्दा मात्तिने तर हार्दा हार नस्वीकार्नेहरु धेरै भेटिन्छन |हार सहर्षस्वीकार गर्न सक्नु पनि भविस्यमा बिजय निश्चित गर्नु हो |त्यसैले तपाइको महान बिचारको सबैले अनुसरण गर्ने छन् र गर्नु पर्छ |लोकतन्त्रको सुन्दर पक्ष भनेकै यहि हो |सबैले जित्ने कुरा त हैन ,जित्ने त एउटाले न हो ……सल्युट डंगोल जी !

    58
    0
    Share

  • Sadabahar लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १३:५६

    अब नयाँ पार्टी खोल्ने कि !!

    8
    11
    Share

  • Sadabahar लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १४:०९

    maobadi kai ho saggiyata ra gantantra ko nara tara usko na neta gatitla vaya na sagathan

    17
    1
    Share

  • Jeet लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १४:२२

    Desh kai rajdhani Kathamndu ma ajhai pani aafno bibek le hoina lahad ra swartha herera matadan garne matdatako jamat thulo rahechha.

    0
    0
    Share

  • kiran लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १६:१०

    मित्र दिनेश गिरी लेख्नु हुन्छ ।

    कुरो बुझ्यौ प्रचण्ड
    प्रदेश र केन्द्र को चुनाब जित्ने हो भने काठमाॅडौ मा भोलि बाट १८ घन्टा लोडसेडिङ शुरु गराईदेउ
    यहाॅ का कालो मन भयका मान्छे हरु लाई अध्यारै मन पर्दो रहेछ
    मेलम्चिको पानि बन्द गर्देउ यॅहा का मान्छे लाई ईनार कै लेदो मन पर्दो रहेछ
    बाटो फराकिलो गर्ने काम बन्द गर्देउ यॅहा का मान्छे लाई साॅगुरै मा कुम ठोकायर हिड्न मन पर्दो रहेछ !

    यो प्रमाणित भयो।

    तर
    मित्र राज कुमार डंगोल लेख्नु हुन्छ

    मतदाताहरु राजनेताको कुरा सुन्छन् ।तर मतदान प्रयोग गर्दा अाफ्नै विबेक प्रयाेग गर्छन्। मतदाता भन्ने चिज आफ्नो मानो खाएर अरुको बिचारमा चल्नेचिज हैन।
    यो प्रमाणित भयन ।

    0
    0
    Share

  • Nepali Babu लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १७:५१

    Feri ekchoti Rajabadi communistko jit hune vayo…….Feri 30 barsa desh pachhi dhakelio……Desh developed country hun feri samaya lagne vayo…..Yo sabai Fuss Kamal le KiPO communistlai kandhma bokdako parinam ho….

    0
    0
    Share

  • saroj लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १८:१९

    timharu jasta hatraya laie jantale k vote delan ra aba ek ek gari hatya sambandi mudha chalayara antrastraya adalat ma jhunayaune din tada chaina buji rakhe huncha…

    0
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते २०:२०

    Ramesh Dahit G. Ghar Kata ho, Kathmandu ta hoina hola. Kathmandu kati ramro thiyo dekhnu bhayeko thiyo ra ani Kathmandu basinda chinnu huncha. yo sabai bigarney ko UML, Comgress ani mukhya ra dhosta parney chai Maobadi.
    Pharkanus aafnai ghar gau. Janus sabai afnu afnu thau ma rajniti garna ani dekhnu huncha Kathmandu kasto ra Kathmandu basi kasta bhanera. Chor, daka, gunda, dalal,thug, gafadi sabai lai afno ghar chodi Kathmandu jharnu parney. Khana dhau dhau parney neta jati lai pani Kathmandu mai mahal banaunu parney ani kaha dekhincha Kathmandu. Jun thal ma khayo tehi thal ma thukney bhayenani.

    0
    0
    Share

  • Dillip लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते २०:५८

    Ramesh giri g pharkau aafnai gau ghar tira Kina Jun thali ma kha yo tesai ma thuknu. Dekhnu bhayeko thiyo Kathmandu kasto thiyo ra Kathmandu basi kasta chan bhanera. Chor, daka, gunda, thug, dalal, gafadi, hijo khana dhau dhau parney aja Kathmandu mai mahal banaunu parney Kathmandu mai basnu parney. janus ra lanus sabai lai afnai gau ghar tira ani sodhnus hijo kaudi nahuney tapai ka netaharu lai ghar, gadi, gar gahana kata bata aayo bhanera ani tehi bata prayas garnnu Kathmandu ra Kathmandu basi chinna.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this