Comments Add Comment

घुम्नका लागि भारतीयहरुले गुगलमा नेपालको खोजी गर्ने क्रममा तीव्र वृद्धि

तस्विर : मिलेनियम पोष्ट

४ जेठ, काठमाडौं । घुम्ने उदेश्यले गुगल सर्च इन्जिनमा भारतीयहरुले नेपालको खोजी गर्ने क्रममा उच्चले वृद्धि भएको बुधवार गुगल इण्डियाले सार्वजनिक गरेको सर्वेक्षणले देखाएकोे छ ।

गुगलमा भ्रमण उदेश्यले चासो राख्दै समग्र पर्यटकीय स्थानको खोजी गर्ने क्रममा गत वर्षको फब्रुअरी देखि अप्रिलको तुलनामा यस वर्षको यही अवधिमा भने ५३ प्रतिशतले वृद्धि भएको सर्वेक्षणले देखाएको हो ।

नेपालको खोजी गर्ने दरमा भने ६४.८ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, इण्डोनेसियाको खोजी दर ४२.१ प्रतिशतले, भुटानको ४० प्रतिशतले बढेको छ । अन्य देशहरुमा अमेरिका, युएइ र थाइल्याण्डको खोजीको दर पनि उच्च रहेको छ ।

भ्रमणको लागि सबैभन्दा धेरै खोजी भारतका मुम्बई, बैंगलोर, चेन्नाई, पुणे, हैदरबाद, कोलकत्ता, अहम्दबाद जस्ता बिकासित हुँदै गइरहेका शहरहरुबाट भइरहेको छ । यी क्षेत्रबाट भ्रमणको लागि बिभिन्न स्थानको खोजी गर्ने क्रममा गत वर्षको भन्दा करिब ४१ प्रतिशतले वृद्धि भएको छ ।

मोबाइलको बढ्दो प्रयोगले गर्दा घुम्ने स्थानको खोजी गर्ने, खाने बस्ने व्यवस्थाको योजना बनाउन सजिलो भएकोले पनि गुगलबाट खोजी गर्ने दर बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment