Comments Add Comment

बलिउड कलाकार रीमाको निधन

बलिउडकी चर्चित कलाकार रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको छ । हृदयघाटका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छातीमा समस्या भएपछि मुम्बइस्थित अम्बानी अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनका श्रीमान् विनय वायकुलले स्थानिय पत्रकारहरुसँग रीमाको निधन भएको जानकारी दिए ।

उनी मराठी र हिन्दी चलचित्रमा परिचित थिइन् । टेलिभिजनको दुनियाँमा उनी निकै लोकप्रिय छिन् । ‘मैने प्यार क्यू किया, आशिकी, साजन, हम आपके है कौन, वास्तव, हम साथ साथ हे’ लगायतका चलचित्रमा उनले काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment