Comments Add Comment

कुकुरलाई मृत्युदण्डको सजाय, मालिकद्वारा पुनरावेदन


पाकिस्तानको पन्जाब प्रान्तमा एउटा कुकुरलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । टोक्ने कुकुरलाई मार्नु कुनै नौलो कुरा थिएन । तर पन्जाबको भाकर क्लोरमा चाहीँ सरकारी आदेशमै कुकुरलाई मृत्युदण्ड दिन थालिएपछि उक्त कुकुरका मालिकले कानूनी लडाइँ सुरु गर्नुपरेको छ ।

एकजना बालकलाई टोकेको अभियोगमा भाकर क्लोरका सहायक कमिसनर राजा सलीमले उक्त कुकुरलाई मृत्युदण्ड दिन आदेश दिएका थिए ।

सरकारी अधिकारीले कुकुरलाई मृत्युदण्ड दिने फैसला सुनाउँदा अनौठो तर्क दिएका छन् । कुकुरले बालकलाई घाइते बनाएको हुँदा कुकुरलाई मारिदिनुः उनको आदेशमा उल्लेख छ ।

तर कुकुरका मालिकले चाहीँ सहायक कमिसनरको फैसला विरुछ उप कमिसनरकहाँ पुनरावेदन गरेका छन् ।

कुकुरधनीका अनुसार उनको कुकुरले टोकेको बालकका परिवारले उजुरी गरिसकेपछि उक्त कुकुर सजायँ स्वरुप एक हप्ता जेलमा बसिसकेको छ । त्यसैले उक्त कुकुर विरुद्ध अरु कारवाही गर्नु अन्यायपूर्ण हुने तर्क उनको छ ।

आफ्नो कुकुरलाई न्याय दिलाउन आफु सम्पूर्ण अदालतको ढोका ढक्ढकाउने कुकुरधनी जमिलले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment