Comments Add Comment

कारोबारको मध्यमा १० अंक घटेको नेप्से सुधारको प्रयासमा


४ जेठ, काठमाडौं । सेयर कारोबार खुलेको एक घण्टासम्म थामिएको सेयर बजार त्यसलगत्तै १० अंक घटेपनि बजार बन्द हुँदा भने हिजोकै बिन्दु नजिक आइपुगेको छ ।

बजार बन्द हदाँसम्म बैंकिङ र टेलिकम सूचीकृत ‘अन्य’ बाहेक सबै समूहको परिसूचकमा सुधार देखिएपछि नेप्सेले दिनभरको गरिावटलाई ‘रिकभर’ गर्न सकेको हो ।

समग्रमा यस दिन नेप्से परिसूचक ०.३९ अंकले घटेर १६४३ बिन्दुमा आइपुगेको हो । यसदिन सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरुको कारोबार मापक परिसूचक फ्लोट परिसूचक पनि घटेको छ ।

कारोबार रकममा भने दैनिक रुपमा सुधार आइरहेको छ । बुधबार ६१ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा विहीबार भने ७८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार बन्द हदाँसम्म बैंकिङ र टेलिकम सूचीकृत ‘अन्य’ बाहेक सबै समूहको परिसूचकमा सुधार देखिएपछि नेप्सेले दिनभरको गरिावटलाई ‘रिकभर’ गर्न सकेको हो ।

यसदिन पनि बुधबार जस्तै हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार उच्च भएको छ । कम्पनीको ७ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । कम्पनीको यसदिन भने खासै म्याचिङ कारोबार भएको देखिदैन् ।

यता, बोटलर्स नेपाल (तराई), एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको दरमा बढेको छ । तेस्रो त्रैमाशमा एनबी इन्स्योरेन्सको नाफा १ सय ८१ प्रतिशतले वृद्धि भएर ६ करोड २० लाख पुगेको छ भने कम्पनीले बिमा समितिले तोकेको पुँजी पुयाँउन ७३ करोड जुटाउनु पर्ने भएपछि पनि लाभांशको आधारमा लगानीकर्ता आकर्षित भएका हुनसक्छन् ।

त्यस्तै, तेस्रो त्रैमाशमा २ सय ६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको बोटलर्स नेपाल (तराई)को पनि सेयरमा आकर्षण देखिएको हो । कम्पनीको सेयर कारोबार ६ हजार ४० रुपैयाँमा भएको छ । गत आवको चैतमा ५ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको चैतसम्ममा १७ करोड नाफा कमाएको छ ।

यो पनि हेरौं :  निर्जीवन बिमा कम्पनीको लागि  ९ अर्ब पुँजी  आवश्यक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment