Comments Add Comment

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त

४ जेठ, काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम शेर्पालार्इ राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ ।

यसअघि केपी शर्मा ओली सरकारको पालामा पनि शेर्पाको नाम राजदूतका लागि सिफारिश गरिएको थियो । तर, सरकार परिवर्तनसँगै शेर्पासहित १४ प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो ।

अहिले शेर्पालाई यसअघि सिफारिश गरिएकै देश अष्ट्रेलियामा राजदूत बनाएर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment