सोमबार, ५ भदौ, २०७४
OnlineKhabar.com

सेयर ब्रोकरको चुक्ता पुँजी अब २ करोड हुनुपर्ने

शाखा खोल्न बोर्डको अनुमति

अनलाइनखबर

४ जेठ, काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी अब २ करोड रुपैयाँ हुनुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ लाई सरकारको स्वीकृतीमा संशोधन गरेर यस्तो व्यवस्था गरेको हो ।

नयाँ नियमसँगै ब्रोकरहरुको चुक्ता पुँजीमा १० गुणाले वृद्धि भएको हो । हालसम्म यी संस्थाको चुक्ता पुँजी २० लाख भएपुग्ने थियो । हाल भइरहेको ब्रोकर कम्पनीको शाखा विस्तार कार्यलाई अझ सहज वनाउन तथा यसमा हुनसक्ने जोखिमको व्यवस्थापनको लागि धितोपत्र दलाल व्यवसायीको पूँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा नयाँ व्यवस्था गरी नियमावलीमा संशोधन गरिएको हो ।

ब्रोकर कम्पनीहरुको शाखा खोल्न नेप्सेले अनुमति दिने व्यवस्था रहेकोमा अब धितोपत्र बोर्डले नै यसको लागि अनुमति दिने भएको छ । यसअघि नेप्सेले ब्रोकर कम्पनीलाई शाखा खोल्न निर्देशन दिएकोमा बोर्ड र नेप्सेबीच विवाद समेत देखिएको थियो ।

संशोधित विनियमावली अनुसार अब ब्रोकर कम्पनीको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने भएको छ ।

त्यस्तै, परिपालन (कम्प्लायन्स) अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने छ । बोर्डले शाखा कार्यालयको लागि समेत कर्मचारीको योग्यता तोक्न सक्ने व्यवस्था गरिएको छ ।

संशोधित व्यवस्थले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापन अझ व्यवस्थित र सुदृढ गर्दै जाने अपेक्षा बोर्डको छ । यसले धितोपत्र व्यवसायको व्यवसायिक जोखिम न्युनिकरण हुदै जाने पनि बोर्डको विश्वास छ ।

२०७४ जेठ ४ गते १८:०० मा प्रकाशित (२०७४ जेठ २३ गते १०:१९मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this