Comments Add Comment

गोर्खा ब्रुअरीले धरानको बगरकोटमा जोड्यो सोलार बत्ती


४ जेठ, धरान । दीर्घकालीन प्राथमिकता अन्तर्गत उर्जा र कारबोनलाई स्थायीत्वमा पुरयाउने हेतुले गोर्खा ब्रुअरीले धरान बगरकोटको सोती खोलामा २२ वटा सौर्य बत्ती तथा तीनवटा सीसी टिभी क्यामेरा जडान गरिएको छ ।

पहिलो चरणमा गत चैत्र काठमाडौंको हात्तिसारमा एक्काइस वटा सौर्य बत्ती जडान गरिएको थियो । बगरकोटको यस दोस्रो चरणको पहलका लागि स्थानीय प्रहरी र बासिन्दासंग सहकार्य गरेको हो ।

काल्सबर्ग समुहको बर्तमान र भविष्यलाई राम्रो बनाउने उद्देश्यलाई आत्मसाथ गर्दै गोर्खा ब्रुअरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरको बिकासलाई प्राथमिकताका साथ दिर्घकालीन रुपमा अघि बढाउने रणनिति अपनाएको हो ।

सोहि सौर्य बत्ती जडान उद्घाटन समारोहमा बोल्दै गोर्खा बु्रअरी कासेल्स निर्देशक काजिमान सुब्बाले भने, ‘यससंस्थागत सामाजिक उत्तरदायित्व परियोजनाले हामीलाई अझ सक्षम र सबल बनाउन सहयोग पुरयाउनुका साथै समाजलाई विकासतर्फ लैजान पनिटेवा पुर्याउने छ ।

यसका साथै यस सहकार्यले हाम्रा व्यवसायिक सान्झेदारहरुमा हाम्रा ब्रान्ड र गोर्खा बु्रअरीको समाजप्रतिको उत्तरदायित्व बोध सम्बन्धि प्रचार प्रसार हुनेछ ।’

धरानका युवाहरुमाझ बगरकोट निकै चर्चित स्थल हो । सोलारबत्ती र सिसिटिभि क्यामेरा जडान लगत्तै बगरकोटका सर्वसाधारणमा शान्ति र सुरक्षाको आभास बढ्नुका साथै यस क्षेत्रको आन्तरिक पर्यटन बिकासमा पनि निकै उत्साह थपिने विश्वास गरिएको छ ।

टुबोर्ग, कार्ल्सबर्ग, सानमिगुइल जस्ता विश्वप्रसिद्ध ब्रान्ड उत्पादन तथा प्रबर्धन गर्ने गोर्खा बु्रअरीले नयाँ सोच, आयाम र साझेदारीका लागि राष्ट्रिय तथा स्थानीय उत्तरदायित्व बहन गर्ने अठोट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment