Comments Add Comment

प्रियंका र आयुष्मानको ‘खुल्लम खुल्ला प्यार’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देसराज जोशीको प्रेम चर्चा अहिले नेपाली मिडियाका लागि सबैभन्दा हट केक बनेको छ । चलचित्र ‘कथा काठमाण्डु’को सेटबाट सुरु भएको यी दुइको प्रेम अहिले सार्वजनिक कार्यक्रममा समेत देखिन थालेको छ ।

डिस्को, रेष्टुरेन्टमा लुकिछिपी पुग्ने प्रियंका र आयुष्मान अहिले सार्वजनिक कार्यक्रममा समेत रमाउँदै पुग्ने गरेका छन् । बिहिबार आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को वितरण समारोहमा प्रियंका र आयुष्मान एकसाथ पुगे । उनीहरुले मिडियामा विभिन्न पोजमा तस्बिर खिचाए ।

यी दुइको उपस्थिती, एक अर्कासँग गर्ने व्यवहार हेर्दा लाग्थ्यो, अब यी दुई आफ्नो प्रेमलाई खुल्लम खुल्ला रुपमा देखाउन चाहदैछन् । तर, मिडियामा कहिलेसम्म आफूहरुको प्रेमको खबर हट केक बन्छ भन्ने पनि यी दुइलाई लागिरहेको छ ।

प्रियंकाले किनेको नयाँ गाडीमा आएका यी दुई एकसाथ जिस्कदै फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment