Comments Add Comment

क्यान्समा पुगिन् छोरीसहित ऐश्वर्या

फ्रान्समा आयोजना हुने क्यान्स फिल्म फेस्टिबलमा भाग लिन बलिउड अभिनेत्री ऐश्वर्या राय छोरी बोकेर हिँडेकी छिन् । यी आमा-छोरीलाई बुधबार राति मुम्बई एयरपोर्टमा मिडियाले पछ्याए ।

ऐश्वर्यालाई ड्रप गर्न उनका पति अभिषेक बच्चन एयरपोर्टसम्म आएका थिए । तर उनी क्यामराको अगाडि परेनन् । ऐश्वर्याकी छोरी आराध्या भने क्यामराहरुले घेरेपछि अनेक नखरा गर्न थालिन् । घरी उनी जिभ्रो बाहिर निकाल्थिन् त घरी कम्मरमा हात राखेर पोज दिन्थिन् ।

यसभन्दा अगाडि पनि आराध्या आफ्नी आमाको साथमा क्यान्स गइसकेकी छिन् । ७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् । यो फेस्टिबल १७ देखि २८ मेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment