Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड चितवनमा

गृहजिल्ला चितवनमा प्रधानमन्त्री प्रचण्ड । फाइल: तस्वीर

५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । रामपुरमा रहेको देशकै एकमात्र कृषि तथा वन बिज्ञान विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् ।

उनी अहिले नवलपरासीस्थित शास्वत धामको भ्रमणमा छन् । नवलपरासीबाट चितवन फर्किएर उनले विश्वविद्यालय भवन उदघाटन गर्ने कार्यक्रम छ ।

दिउँसो साढे १२ बजे विश्वविद्यालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम तय गरिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड विश्वविद्यालयका कुलपतिसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment