Comments Add Comment

कतारमा एक नेपालीको मृत्यु

१९ मे, दोहा । कतारको एक कम्पनीमा कार्यरत नेपालीको कार्यस्थलमा मृत्यु भएको छ ।

भवन निर्माण कम्पनीमा कार्यरत रुपन्देहीका चिनक मल्लाहको दुर्घटनमा परी मृत्यु भएको हो ।

गत १६ मे का दिन अलबन्दरी इन्जिनियरिङ्ग ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्गको निर्माणाधिन भवनमा दुर्घटना हुँदा उनको मृत्यु भएको कतार स्थित नेपाली दुतावासले जनाएको छ ।

मल्लाहको निर्माणाधिन भवनको स्काफोल्डीङ्ग फुस्किदा निधन भएको हो । उनीसँगै अन्य देशमा दुई कामदारको समेत निधन भएको छ भने एक नेपाली कामदार घाईते भएका छन ।

घाईते हुनेमा दाङ्गका गंगाराम चौधरी रहेको दुतावासले जनाएको छ । उनीसँगै अन्य केही कामदार समेत घाईते भएका छन ।

कतारको ओम सलालअलीस्थित अलबन्दरी कम्पनीले भवननिर्माण गर्ने क्रममा उक्त घटना घटेको हो ।

दुतावासको ध्यानाकर्षण

कतार स्थित नेपाली दुतावासले प्रेस व्यक्तव्य जारी गर्दै उक्त कतारमा भएको घटना बारे जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा एकाएक भाईरल भएको भिडियो कतारको नभई अन्य देशको रहेको दुतावासले जानकारी दिएको हा्े ।

कतारमा दुर्घटनामा परी ठूलो संख्यामा नेपाली कामदारहरु हताहत भएको भनी विभिन्न समामाजिक सञ्जाल तथा अनलाईनहरुमा प्रेषित गलत समाचारप्रति दुतावासको ध्यानाकर्षण भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित घटनाको बारेमा नबुझी सर्वसाधारणमा भ्रम सृजनान र्गन दुतावसले आग्रह गरेको छ ।

दुतावासले घटनाको बारेमा यथार्थ बुझ्ने प्रयास गरेको बताउँदै समाजिक सञ्जालमा आएको तस्वीर र भिडियो कतारको नभएको नेपाली दुतावासका द्धितीय सचिव नितेस सापकोटाले जानकारी दिए ।

कतारमा ४ लाख भन्दा बढी नेपाली कार्यरत छन् । सामाजिक सञ्जालमा भाईरल बनेको भिडियोले कतारमा कार्यरत धेरै नेपाली कामदारका परिवारलाई चिन्तित बनाएको थियो ।

तथ्यहिन समाचार प्रेषित गरी सर्वसाधारमा भ्रम सृजना नर्गन दुतावासले अनुरोध गरेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी कम्पनीको क्याम्पमा पठाइसकेको छ ।

त्यस घटनामा मृत्यु हुने कामदारलाई क्षतिपूर्ति दिइने रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment