+
+

छ्याङ्दी हाइड्रोपावरको जेठ १४ गतेबाट सेयर जारी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ११:०६


५ जेठ, काठमाडौं । छ्याङदि हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि ५ लाख ४० हजार कित्ता सेयर जारी गर्ने भएको छ । यसमध्ये कम्पनीको १० हजार ८ सय कित्ता सेयर कर्मचारीको लागि र २७ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

रु १ सय अंकित मूलयका यी सेयरको बिक्री छिटोमा जेठ १८ र ढिलोमा जेठ २८ गते सम्म खुल्ने छ । बैंकको सेयरमा बिक्री प्रबन्धक ग्लोबल आईमइ क्यापिटल, छ्याङदि हाइड्रोको गौरीधारास्थित कार्यालय, ग्लोबल आइएमइ बैंकका शाखाहरु, काठमाडौं क्यापिटल, प्रभु क्यापिटल, जनरल फाइनान्सका शाखा कार्यालय, रिलायबल क्यापिटल, एनसीएम मर्चृन्ट बैंकिङ, एनआइसी एसिया क्यापिटल, सानिमा क्यापिटल, सिभिल क्यापिटल, भिबोर क्यापिटल र आस्वा सेवा दिने सबै बैंकहरुबाट आवेदन दिन सकिने भएको छ ।

सेयर जारी पछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्छ । कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको थियो ।
कम्पनीको २ मेगावाटको छन्दि खोला साना जलविद्युत् आयोजना सञ्चालनमा छ । यस आयोजनाको प्रति मेगावाट लागत २२ करोड १४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले पनि पहिलो चरणमा स्थानीयको लागि २ लाख ७० हजार कित्ता सेयर जारी गरिसकेको छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि सेयर जारी गर्ने भएको हो । कम्पनीको अध्यक्षमा रामेश्वर थापा, अमर नाथ श्रेष्ठ, राजेन्द्रबहादुर श्रेष्ठ, उदयकुमार पियालगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?