Comments Add Comment

चुनावमा थोरै भोट आएको भन्दै पोखरा कांग्रेस सभापतिले राजीनामा दिए

५ जेठ, पोखरा । स्थानीय तहको निर्वाचनमा अन्तिम मत परिणाम नआउँदै नेपाली कांग्रेस पोखरा-लेखनाथ महानगर समितिका सभापति वजिरमान श्रेष्ठले निराशाजनक परिणाम देखिएको भन्दै पदबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निराशाजनक परिणाम आउनुमा आफूपनि जिम्मेबार रहेको भन्दै पोखरा-लेखनाथ महानगरको वडा नम्बर १० सम्मको मात्र परिणाम सार्वजनिक भएको अवस्थामा राजीनामा दिएका हुन् ।

उनले आफूले राजीनामा आक्रोशमा आएर दिएको नभई कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि सधैं कृयाशील हुन राजीनामा दिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले कांग्रेसको परिणाम निराशाजनक आउनुमा पार्टीको क्षेत्र, जिल्ला र केन्द्रीय नेतृत्वमा बसेका हिमायती हौं भन्ने व्यक्तिहरुको उदासिनता, गैरजिम्मेवार र आत्मघाती ब्यबहार बढी जिम्मेबार भएको औंल्याएका छन् ।

उनले पार्टीका नेताहरुमा देखिएको व्यक्तिवादी सोच, संकीर्णता र गैरजिम्मेवारीपनको प्रभाव पार्टीको स्थानीय तहको निर्वाचनमा देखिदा गाउँपालिकादेखि महानगरपालिका सबैमा लज्जास्पद हार्नुपरेको समेत उल्लेख गरेका छन् ।

साथै श्रेष्ठले कास्कीमा निराशाजनक परिणामका निम्ति कांग्रेसको तर्फबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य, माननीय सांसदहरु, जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमिति सभापतिसहित पदाधिकारी, महाधिवेशन प्रतिनीधिहरुलाई आ आफ्नो जिम्मेबारीप्रति संवेदलनशील हुन आग्रह गरेका छन् ।

चुनावमा कम मत आएको भन्दै बिहीबार कास्की क्षेत्रनम्बर १ का राप्रपा उपाध्यक्ष विश्वराज पौडेलले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment